डा. हरि पौडेल सचिवमा बढुवा

0
Shares

काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव डा. हरि पौडेललाई मन्त्रिपरिषदको सोमबारको बैठकले सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । डा. हरि पौडेल, हरि बस्याल र सुरेश अधिकारीको सिफारिस भएकोमा बरिष्ठताका आधारमा डा. पौडेललाई बढुवा गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

बाग्लुङ्ग स्थायी घर भएका पौडेलले निजामती सेवामा करीव ३० बर्ष बिताइसक्नुभएको छ। उहाँ २०५१ सालमा शाखा अधिकृत, २०५८ सालमा उपसचिव तथा२०६७ मा खुल्ला प्रतिस्पर्धाबाटै सहसचिवमा चयन हुनुभएको थियो । संघिय मामिला तथा स्थानीय बिकास मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, महिला मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा काम गरिसकेका पौडेल कर्मचारी वृतमा कर्तव्यनिष्ठ, ईमान्दार र स्वच्छ छविका पर्यायका रुपमा चिनिनुहुन्छ ।

जर्मनीको बोन विश्वविद्यालयबाट विकास अध्ययनमा पिएचडि गर्नुभएका पौडेलले अमेरीकी सरकारको प्रतिष्ठित फुलव्राइट स्कलरसीप अन्तर्गत हम्फ्रे फेलोशीपमा अमेरीकाको मिनेसोटा विश्वविद्यालयबाट १ वर्षे मानव बेचबिखन रोकथाम सम्बन्धि कोर्स समेत गर्नुभएको छ ।

सार्वजनिक प्रशासन, संघीयता र कानूनका ज्ञाता मानिने पौडेलले स्थानीय तह पुनसंरचना आयोगको सदस्य सचिवको रुपमा संघीयता कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।