स्थायी शिक्षक हकहित मञ्चको पहिलो भेला

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । स्थायी शिक्षक हकहित मञ्चको पहिलो राष्ट्रिय भेला काठमाडौंमा सम्पन्न भएको छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मञ्चका केन्द्रिय संयोजक रमेशबावु भट्टराईले पहिलो राष्ट्रिय भेलाले निर्धारण गरेका १४ बुँदे मागसहित शिक्षकको पेशागत अभिवृदि नभएसम्म गुणस्तरिय शिक्षामा राज्यले जोड दिन नसक्ने प्रष्ट पार्नुभयो ।

सामुदायिक बिद्यालयमा भएका कमिकमजोरीहरुको दोष शिक्षकमाथि लगाउनु गलत रहेकोे भन्दै उहाले क्षैशिक जगतमा योग्य ब्यक्तिहरुलाई प्रोत्साहन गर्नुपर्ने धारणा राज्यले लिनुपर्ने बताउनुभयो ।

आफुहरुले आफ्ना नानी बाबुहरुलाई सरकारी बिद्यालयमा पढाईरहेको र निजी बिद्यालयमा अध्ययन गरिरहेका सरकारी शिक्षकका छोरा–छोरीहरुलाई पनि सामुदायिक बिद्यालयमा फर्काउनुपर्ने उहाको भनाई थियो । उहाले भन्नुभयो–‘यसमा जनप्रतिनिधि र नीति निर्माताहरुले पनि सहभागी हुनुपर्छ ।’
मञ्चका सल्लाहकार राजेन्द्र अधिकारीले आफ्ना पेशा संकटमा रहेकाहरु आफ्ना मागहरुप्रति बलिया बन्दै गरेको आरोप लगाउनुभयो ।

आफुहरु आफ्ना हक र अधिकारका लागि संगठनमा जोडिएको भन्दै उहाले संगठनको गठन प्रक्रिया ४० जिल्लाहरुमा सम्पन्न भैसकेको र पहिलो राष्ट्रिय भेला सम्पन्नपश्चात् ७७ ओटै जिल्लामा गठन गरिने जानकारी गराउनुभयो । कार्यक्रममा बोल्दै जनपद मा.वि. कलंकीमा कार्यरत शिक्षिका मञ्जु बस्नेतले राज्यले बिद्यालयमा पर्याप्त श्रोत–साधनको उपलब्धतामा जोड दिनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।