उद्धारमा जुटनेमाथि प्रशासनको दुर्व्यवहार

0
Shares

गोकुल घोरसाइने, बारा
फेटा गाउँपालिका ६ का वडा अध्यक्ष जाकिर अन्सारी गत साता आएको हुरिबतासमा परेर देब्रे खुट्टा भाच्चिएको छ । गाउँका अन्य घरसंगै उनको पुरैनियास्थित पक्की घरको माथिल्लो तलामा रहेको भान्साकोठा पनि हुरीले उठायो ।

आफुमाथि परेको बिपत्ति पर्वाहा नगरी भाच्चिएको खुट्टा लिएर सर्वसाधारणको घाउमा पल्हमपट्टी गर्न अहोरात खटिरहेका अन्सारीको पिडा यतिबेला भने थप चर्किको छ । राहतमा अनियमितता गरेको आशंकामा अन्सारी सहित उनका तिन भाइ मोहताब, इरफान र फिरोजको घरमा प्र्रहरीले आइतबार खानतलासी गरेपछि उनलाई खपिनसक्नुको पिडा भएको हो ।

‘प्रहरी आएर घरमा तलासी लिनु भने मैले चोटाकोठा एकएक गरेर सबै देखाइदिए, वडा अध्यक्ष अन्सारीले भने, घरमा केही पनि फेला नपरेपछि दुख नमान्नु होला, सिडिओ सापको मौखिक आदेशमा आएका थिर्यौ भन्दै फर्के ।’
आफनो पिडा बिर्सेर जनताको सेवामा समर्पित भइरहेको अवस्थमा भएको घटनाले धेरै दुखी तुल्याएको उनले सुनाए । ‘प्रकृतिले दिएको विपद त जसोतसो सहदै आइएको छ, उनले भने, मान्छेले नियतवश दिएको दुख पिडादायी र सहन नसक्ने खालको हुदोरहेछ ।’

जनप्र्रतिनिधिको मानमर्दन गर्ने प्रयास गर्ने प्र्रजिअ राजेश पौडेलले माफी माग्नु पर्ने अर्का स्थानीय अमरुद्धिन देवान बताउछन । ‘कि त गलत सुचना दिने व्यक्तिमाथि कारवाही हुनुपर्यो, होइन भने गल्ति भयो भनेर सिडीओ सापले नै माफी माग्नुपर्छ ।’ उनले भने । घटनालाइ्र्र लिएर नेकपा बारा र मुस्लिम इत्तेहाद संघका नेताहरुले प्र्र्रजिअ पौडेललाइ्र्र भेटेर विरोध जनाएका छन । जाकिर तत्कालिन एमालेको तर्फबाट निर्वाचित प्रतिनिधि हुन ।

हुरीबतासबाट सबै भन्दा बढी प्रभावित पुरैनियामा मृतकको शव निकाल्ने र घाइतेको उद्धार गर्ने क्र्रममा आइतबार राति लडेर अन्सारीको देब्रे खुट्टा भाच्चिएको छ । घर नजिकैको वडा कार्यालयमा प्लस्टर गरेको खुट्टा कुर्सीमा राखेर उनी भोलिपल्ट देखि नै अन्य पिडितको राहत र उद्धारमा सक्रिय हुदै आएका छन । वडा कार्यालय नजिकैको विद्यालय कोठामा राखेर सुरक्षाकमी्र्रको रोहवरमा जिपबाट पिडितको घरघरमा पठाउने गरिएको उनले सुनाए । ‘मेरो घर अन्नपात खास क्षेति भएको छैन, खान लाउन पुग्ने छ, मैले किन राहतको सामान लिनुपर्यो । उनले राहतको नाममा अहिलेसम्म आफुले एक पुरिया चाउचाउ पनि नलिएको बताए ।

घटना बारे जानकारी लिन प्रजिअ पौडेलले मोवाइल फोन उठाएनन । यसअघि पनि प्रजिअ पौडेलले हुरिबतासको क्षेतिको सुचना माग्न चाहने संचारकर्मीको मोवाइल फोन रिसिव नगरेको गुनासो छ । प्रहरी उपरीक्षक सानुराम भट्टराईले भने घर प्रहरीले खानतलाशी नगरेको तर स्थानीय रुपबाट आएका केही सुचनाको आधारमा सामान्य रुपमा बुझने काम मात्र गरेको बताए । उनले अन्सारी आफैले प्रहरीलाइ्र्र बोलाएर घरभित्र लगेको पनि बताए ।