सुदूरपहाडमा भूकम्पको धक्का

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
सुदूरपश्चिममा मंगलवार बिहान भूकम्पको धक्का सहसुुस गरिएको छ ।

मंगलवार बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो ।
भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तिर्थ राज दहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो ।

यसअघि चैत ४ गतेपनि भारत र चीनको सीमाआसपास दाचुलाको लिपुलेक केन्द्रबिन्दु भएर लगातार ३ पटक परकम्प गएको थियो ।
गोरखाकेन्द्रबिन्दु भएर गएको भूकम्पपश्चात सुदूरपश्चिममा पनि बेलाबेलामा भूकम्पको परकम्प जाने गरेको छ ।