बारामा फेरि हुरी र असिनाले बबण्डर, एसईई परीक्षा प्रभावित

0
Shares

काठमाडौं । बारामा फेरि हुरी र असिनाले बबण्डर मच्चाएको छ ।  मंगलबार बिहानको हुरीले सर्वसाधरणको घरको छाना उडाउनुका साथै एसईई परीक्षा समेत प्रभावित बनाएको छ ।

आधा घण्टासम्म असिनासहित आएको हावाहुरीले सिमरा उपमहानगरपालिकामा सबैभन्दा बढी प्रभाव पारेको स्थानीयले जानकारी दिएका छन् ।

करैयामाई गाउँपालिकामा अवस्थित नेपाल प्रहरीको अस्थायी प्रहरी पोस्ट, मधुवनको छानो उडाएको छ । छानो उडाउँदा प्रहरी प्रभावित भएका छन् । हुरीले एसईई परीक्षा प्रभावित भएको प्रहरीले जनाएको छ । यसअघि बाराको फेटा गाउँपालिकालगायत स्थानमा हावाहुरी जाँदा २७ जनाको ज्यान गएको थियो ।