फोरमले सर्वोच्चको निर्णय जलायो

0
Shares

पर्सा । संघीय समाजवादी फोरमका कार्यकर्ताले सर्वोच्च अदालतको निर्णय जनाएका छन् ।

फोरमका कार्यकर्ताले नागरिकता सम्बन्धी गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई गरेको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशको विरोध गर्दै मंगलबार निर्णयको प्रति जलाएका हुन् ।

गृहमन्त्रालयले गत साता जन्मसिद्ध नागरिकता लिएकोहरुलाई वंशज नागरिकता दिन सबै जिल्ला प्रशासनलाई परिपत्र गरेको थियो । त्यसको अहिले सर्वत्र विरोध भइरहेको छ ।

गृह मन्त्रालयको परिपत्रको विरोध भएपछि त्यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो । सर्वोचचले रिटमा सुनुवाई गर्दै त्यसलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो ।