प्रहरीको पहलमा रोकियो बालबिबाह

0
Shares

सलिम अन्सारी
प्युठान । प्युठानको माण्डवी गाउँपालिकामा प्रहरीले उमेर नपुगी भएको बालविबाह रोकेको छ । गाउँपालिकाको वडा नम्बर २ ढाडामा ३ दिन अघि बालविबाह भएको सुचना पाए पछि तिराम चौकीबाट गएको प्रहरीले स्थानिय जनप्रतिनिधिको रोहवरमा विबाह रोकेको हो ।

१६ वर्षीया बालिका र १८ बर्षको बालक बिच विबाह भएको सुचनाको आधारमा प्रहरीले उक्त बालविबाह रोकेको तिराम प्रहरी चौकी इन्चार्ज मीन प्रसाद चौधरीले जानकारी दिनुभयो । विबाह रोकिएका बालिकालाई स्थानिय जनप्रतिनिधिको रोहबरमा अभिभावकको जिम्मा लगाइएको चौधरीको भनाई छ । गत चैत २० गते उनिहरुले भागेर विहे गरेका थिए।जिल्ला बाल संञ्जालका अध्यक्ष प्रेम बिश्वकर्माले सबै स्थानीय तहमा बाल बिबाह बिरुद्धका अभियान चलाईरहदा उजुरीका आधारमा सबैलाई सहमति गराएर बाल बिबाह रोकेको बताए।

२० वर्ष भन्दा कम उमेरमा गरिने जस्तोसुकै विबाहलाई कानुनले अबैधानिक मानेको छ । नेपालको संविधानमा केटा वा केटी २० बर्ष उमेर नपुगी बिबाह गर्ने गराउने सबैपक्षलाई ३० हजार सम्म जरिवाना र ३ बर्ष सम्मको जेल सजाय हुने व्यवस्था छ ।