सडक भनेको बिकासको पहिलो आधार हो: अर्थ मन्त्री प्रकाश

0
Shares

कठमाडौ(नेस) । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सडक भनेको बिकासको पहिलो आधार भएको बताउनु भएको छ । सडक बिना कुनै पनि बिकास हुन नसक्ने भएकाले बिकासको मुख्य काम भनेको बाटो भएको बताउनु भएको छ ।

खलंगा मदाना, पैयाखर्क हुदै लक्ष्मीपुर जोडने सडकको शिल्यानास कार्यक्रममा बोल्दै उहाँले सडक सबैको साझा बिकास निर्माणको ढुकढुकी रहेको बताउनु भयो । अहिले बिकासको सिजन भएकाले तिब्रगतिमा बिकास निर्माणमा लाग्नु पर्ने बताउनु भयो ।

सल्यान प्रदेश सभा ख का सासंद समेत रहनु भएका ज्वालाले कृर्षि, पर्यटन, उधोग जस्ता सडकलाई जोड दिएर जिल्लाका सडकहरुमा बजेट बिनियोजन गरिएको बताउनु भयो ।

उहाँले निर्बाचित भएको पहिलो बर्ष प्रदेशमा काम गर्ने कुनै आधार नभएकाले त्यति काम गर्न नसकिएको र अब बिस्तारै कणार्ली प्रदेशमा बिकास निर्माणका कामले तिब्रता पाउने बताउनु भयो ।

मन्त्री ज्वालाले भन्नुभयो, पहिलो बर्ष काम गर्ने कुनै आधारहरु थिएन, कानुन निमार्ण भएका थिएनन, भौतिक संरचना थिएनन, कर्मचारीको अभाव थियो, खाली हात बाट सुरु गरेउ,। बिकास भनेको कुनै पाटीको लागी नभएकाले अबका दिन बाट जनताले चाहे जस्तो बिकास निर्माणका कामले फडको मार्ने उहाँले बताउनु भयो ।

अर्थमन्त्री ज्वालाले कणार्ली प्रदेशमा धेरै अबसरहरु भएकाले नेतृत्वदायी भुमिका निभाउने अबसर आएको बताउनु भएको छ । अब प्रदेशले छिटै लोकसेवा आयोग खोल्ने तयारी गरेकाले अब नागरीकले थुप्रै अबसरको महसुस गर्ने अर्थमन्त्री ज्वालाले बताउनु भयो ।