स्वास्थ्यकर्मी नियुक्त गर्दै रोल्पाका सामुदायिक विद्यालय

0
Shares

महेश न्यौपाने, रोल्पा
रोल्पाका सामुदायिक विद्यालयहरु विद्यार्थीको स्वास्थ्य प्रति संवेदनशिल देखिन थालेका छन । स्वस्थ विद्यार्थीले मात्रै सहज ढंगले सिकाई हासिल गर्न सक्छ भन्दै उनीहरुले विद्यालयमा स्वास्थ्यकर्मीको दरवन्दी सिर्जना गरि नियुक्ती प्रकृया समेत थालनी गरेका छन ।

जिल्ला सदरमुकाममा रहेको वालकल्याण नमूना मावि र पश्चिमोत्तर रोल्पामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले शैक्षिक शत्र २०७६ को वैशाख देखी स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने भएका हुन । जीवनको अधिकांश समय विताउने विद्यालयवाट उनीहरुको स्वास्थ्य प्रति संवेदनशिल हुन जरुरी रहेको महसुस गरि नर्सं वा एचए स्तरको स्वास्थ्यकर्मीको दरवन्दी सिर्जना गरि भर्ना प्रकृया थालनी गरेको ती विद्यालयले जनाएका छन ।

२ हजार ५ सय विद्यार्थीले अध्ययन गर्दै आएको सदरमुकाम लिबाङमा रहेका वालकल्याण नमूना माविले स्वास्थ्यकर्मीको लागी विज्ञापन गरिसकेको जानकारी दिएको छ । पदपूर्तीको लागी विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विज्ञापन प्रकाशित गरि सकेका छौ विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले भन्नु भयो ।

अधिकांश समय विद्यार्थीको स्वास्थ्य उपचारका लागी परिचालन गर्छौ केही समय वचे स्वास्थ्यकर्मीवाटै स्वास्थ्य शिक्षाको कक्षा समेत संचालन गछौ पोखे्रेलले भन्नु भयो । वर्षको सुरु, वीच र अन्त गरि तीन पटक सवै विद्यार्थीको स्वास्थ्य परिक्षण गराई हरेकको स्वास्थ्य व्यक्तिगत विवतरण समेत विद्यालयमा राख्छौ प्रधानाध्यापक पोख्रेलले भन्नु भयो ।

विद्यालयमा दैनिक ८,१० जना विद्यार्थीहरु विरामी भएको भन्दै उपचारका लागी स्वास्थ्य संस्था जाने गरेका छन जसले उनीहरुको पढाईमा समेत असर गरिरहेको छ प्रधानाध्यापक पोख्रेलले भन्नु भयो । सामान्य औषधी तथा प्राथमिक उपचारका सामानहरु विद्यालयमा राखेर विद्यार्थीको उपचार गर्ने तथा ठूलो समस्या देखिए नजिकको स्वास्थ्य केन्द्रमा रिफर गर्ने गरि स्वास्थ्यकर्मीलाई परिचालन गर्छौ पोख्रेलले भन्नु भयो ।