पूर्व प्रशासक शर्माको तिरो लोकार्पण

0
Shares

 

काठमाडौ (नेस) । पूर्व सचिव दुर्गानिधि शर्माको पुस्तक ‘‘तिरो’’ सोमबार विमोचन भएको छ ।

राजधानीको कुञ्ज नाटकघरमा मन्त्रिपरिषद्का पुर्व अध्यक्ष खिलराज रेग्मी , पुर्व अर्थ मन्त्री शंकर प्रसाद कोइराला , स्टाफ कलेजका प्रमुख पुन्यप्रसाद न्यौपाने, लेखक दुर्गानिधि शर्मा र घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले संयुक्त पुस्तक लोकार्पण गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि रेग्मीले पुस्तकबारे बोल्दै भन्नुभयों, ‘‘यो किताब आत्मकथा भएपनि भिन्न र फÞरक प्रकारको छ । राज्यप्रति भूमिप्रति र परिवारप्रतिको दायित्व, कर्तव्य र कृतज्ञता पुस्तकले व्यक्त गरेकोमा खÞुशी लागेको छ ।

हरेक मान्छेले यति अनुभव गरेमा देश प्रतिको कर्तव्य पुरा हुने र हरेक नेताले यो किताब पढ़्नुपर्ने बताउनुभयो । आफ्नो मन्त्रिपरिषदको बेला सचिव भएको शर्मा जुझारु कर्तव्यपरायणता भएको सचिव हुनुहुन्थ्यो । २०३२ सालमा बैदार भएको मान्छे २०६९ सालमा सचिव हुनु आफैमा प्रेरणात्मक कुरा हो । रेग्मीले बताउनुभयो ।

ब्युरोक्रयासीले राजनीतिज्ञलाई र राजनीतिज्ञले ब्युरोक्रासीलाई देखाउने काम भन्दा गम्भीर भएर कार्यान्वयन पक्षमा इमान्दारितापूर्वक दृढ़ भएर लागेमा देश विकास गर्न सकिने बताउनुभयो । राजनीति र कर्मचारी मिलेमा मात्र देशमा सुशासन र निर्णय लागु हुने त्यो कसरी लागु हुने भन्ने कुरा यो पुस्तकले देखाएको बताउनु भयो ।

कार्यक्रमका विशेष अतिथि पुर्व अर्थमन्त्री शंकर प्रसाद कोईरालाले कर्मचारीको सरकारको स्मरण गर्दै कृष्ण प्रसाद कोइरालादेखि आफै सरकारमा भएको बेलाको स्मरण गर्नुभयो र पुस्तकमा आएको कर्मचारीले राजनीति चलाउन सक्नेतर्फ गरेको इंगित सहि भएको बताउनु भयों ।

कार्यक्रममा स्टाफÞ कलेजका प्रमुख न्यौपानेले दुर्गानिधिको पुस्तक इमानदार प्रशासनिक दस्तावेज भएको बताउनुभयों ।

प्रकाशन संस्था घोस्ट राइटिङ नेपालको अध्यक्ष कमल ढकालले ‘‘तिरो’’ को दर्शन आफंैमा दर्शनीय भएको बताउनुभयों । आयोजक संस्था घोस्ट राइटिङ नेपालले मानव जीवनलाई पुस्तक र पुस्तकलाई संग्रहणीय बनाउन आफूहरु लागिपरेको बताउनुभयों ।

पुस्तकका सम्पादक डा. बालचन्द्र मिश्रले दुई वर्ष लगाएर सम्पादन गर्दा आफ्नो कथा कुन र लेखकको किताब भनेर झुक्किएको बताउनुभयो ।

लेखक दुर्गानिधि शर्माले आफूले ३८ वर्ष ६ महिना लगाएर प्रशासनमा कार्यवाहक मुख्य सचिवसम्म भएकोले यो राज्यकाल गुण तिर्न तिरो लेखेको बताउनुभयो । यसमा आजबाट मेरो अर्को जीवन सुरु भयो भन्ने महसुस गरेको छु । लेखक शर्माले बताउनुभयो ।