आज मौसम बदली भई मेघगर्जन सहित वर्षा हुने

0
Shares

काठमाडौं । आज (मंगलवार) काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्र, पूर्वी क्षेत्र तथा पश्चिममा पोखरा आसपाससम्म नै बिहानैदेखि मौसम बदली भइ मेघ गर्जनसहित पानी परेको छ ।

देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिनभर नै यी क्षेत्रको मौसम बदली तथा वर्षाको सम्भावना रहेको मौसममविद मञ्जु बासीले जानकारी दिएकी छन् । विशेष गरि न्यून चापिय रेखा र स्थानीय वायुको प्रभावले मौसम बदली भइ मेघ गर्जनसहित पानी परेको हो ।

पश्चिमका पहाडी क्षेत्रको मौसम पनि दिनभरजसो आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ । ती क्षेत्रमा पनि मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ ।

पश्चिमको तराई क्षेत्रको मौसम भने सफा रहने देखिएको मौसमविद बासीले बताएकी छन् । तराईका केही क्षेत्रमा अपराहन्न तिर हावाहुरी चल्ने सम्भावना पनि छ । बुधबारदेखि मौसममा केही सुधार आउने छ ।