रिटायर्ड हुने २ दिनअघि ४० हजार घुससहित नासु रंंगेहात पक्राउ

0
Shares

काठमाडौँ ।
रिटायर्ड हुन २ दिन मात्र वाँकी भएका बेला ४० हजार घुससहित एक नायक सुब्बा पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजविराजस्थित भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल रहेका छन् ।

अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरीको टोलीले मण्डललाई सोमबार सेवाग्राहीसँग घुस लिदै गर्दा रंंगेहात पक्राउ गरेको हो ।

मण्डललाई एक सेवाग्राहीलाई कार्यालयमै बोलाएर मोहीको जग्गा सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै ४० हजार रुँपैयाँ घुस लिँदालिदै अख्तियारको टोलीले पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
प्रवक्ता कोइरालाका अनुसार मण्डलबारे थप अनुसन्धान भईरहेको छ ।