हावाहुरी पीडितलाई बर्दियाका प्रत्येक स्थानीय तहले दुई लाख दिने

0
Shares

विष्णु तिमिल्सिना, बर्दिया ।
गत हप्ता (चैत्र १७ गते) मध्य तराईको बारा र पर्सा जिल्लामा आएको हुरी बतास बाट पीडितहरुलाई बर्दिया जिल्लाका प्रत्येक स्थानीय तहले २ लाख रुपैयाँ र जिल्लामा कार्यरत सवै कर्मचारी बाट १ दिनको तलब राहत स्वारुप उपलब्ध गराउने भएका छन् ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद्व्यवस्थापन समितीका अध्यक्ष राम बहादुर कुरुङ्गवाङ को अध्यक्षतामा बसेको समितीको बैठकले बर्दिया जिल्लाका आठ वाटै स्थानीय तहबाट प्रत्येक तहले २ लाख रुपैयाँको दरले सहयोग उपलब्ध गराउने र जिल्लामा कार्यरत सवै तहका कर्मचारीहरु, जनप्रतिनिधिहरु बाट १ दिनको तलब संकलन गरी राहत स्वरुप उपलब्ध गराउने निणर्य गरेको छ ।

साथै राजनितिकदल, उद्योगी, व्यापारी, समाजसेवी, नागरिक समाज र गैर सरकारी संस्था लगायतलाई सहयोग उपलब्ध गराउन अनुरोध समेत गरेको छ । यसै गरी जिल्लामा विपद् पुर्व तयारी कार्य योजना २०७६ वैशाख को पहिलो हप्ता सम्म सवै स्थानीय तहले पालिका स्तरीय योजना निर्माण गरी जिल्ला विपद् व्यवस्थापन समितीमा पठाउने र जिल्ला विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना बैशाख तेस्रो हप्ता भित्र निर्माण गर्ने कार्यको सहजीकरणको अगुवाई गर्ने जिम्मा एक्सन एड नेपाल र रेड्क्रस सोसाईटी बर्दियालाई दिएको छ ।

गम्री मौसम शुरु भईसकेकोले हावाहुरी तथा डढेलो र आगलागि का कारण विपद् आउन सक्ने हुँदा त्यसको पूर्व तयारीका लागि सवै स्थानीय तहहरु, विद्यालय, समुदाय र संचार माध्यमबाट जन चेतना मुलक गतिविधी संचालन गरीने निर्णय पनि गरेको छ ।