सडक विकासको पहिलो आधार: मन्त्री ज्वाला

0
Shares

सरिता चलाउने, सल्यान ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सडक भनेको बिकासको पहिलो आधार भएको बताउनु भएको छ । सडक बिना कुनै पनि बिकास हुन नसक्ने भएकाले बिकासको मुख्य काम भनेको बाटो भएको बताउनु भएको छ ।

खलंगा मदाना, पैयाखर्क हुदै लक्ष्मीपुर जोडने सडकको शिल्यानास कार्यक्रममा बोल्दै उहाँले सडक सबैको साझा बिकास निर्माणको ढुकढुकी रहेको बताउनु भयो । अहिले बिकासको सिजन भएकाले तिब्रगतिमा बिकास निर्माणमा लाग्नु पर्ने बताउनु भयो ।

सल्यान प्रदेश सभा ख का सासंद समेत रहनु भएका ज्वालाले कृर्षि, पर्यटन, उधोग जस्ता सडकलाई जोड दिएर जिल्लाका सडकहरुमा बजेट बिनियोजन गरिएको बताउनु भयो ।

उहाँले निर्बाचित भएको पहिलो बर्ष प्रदेशमा काम गर्ने कुनै आधार नभएकाले त्यति काम गर्न नसकिएको र अब बिस्तारै कणार्ली प्रदेशमा बिकास निर्माणका कामले तिब्रता पाउने बताउनु भयो ।

मन्त्री ज्वालाले भन्नु भयो, पहिलो बर्ष काम गर्ने कुनै आधारहरु थिएन, कानुन निमार्ण भएका थिएनन, भौतिक संरचना थिएनन, कर्मचारीको अभाव थियो, खाली हात बाट सुरु गरेउ,। बिकास भनेको कुनै पाटीको लागी नभएकाले अबका दिन बाट जनताले चाहे जस्तो बिकास निर्माणका कामले फडको मार्ने उहाँले बताउनु भयो ।

अर्थमन्त्री ज्वालाले कणार्ली प्रदेशमा धेरै अबसरहरु भएकाले नेतृत्वदायी भुमिका निभाउने अबसर आएको बताउनु भएको छ । अब प्रदेशले छिटै लोकसेवा आयोग खोल्ने तयारी गरेकाले अब नागरीकले थुप्रै अबसरको महसुस गर्ने अर्थमन्त्री ज्वालाले बताउनु भयो ।

सडकको स्तरोन्नती गरिने
सल्यानको शारदा नगरपालीका वडा नम्बर १० को मदाना, पैयाखर्क हुदै लक्ष्मीपुर जोडने सडकको स्तरउन्नती गरीने भएको छ । बि।स २०२० सालमा खोलिएको मदाना, पैयाखर्क हुदै लक्ष्मीपुर जोडने सडकको ट्रयाकको स्तरउन्नती गरीने भएको हो । झन्डै लामो समय पछि प्रदेश सभाको ५० लाख बिनियोजित बजेटमा ४ किलोमीटर सडकको स्तरउन्नती गरीन लागेको सडक उपभोक्ता समितीका अध्यक्ष भिम बहादुर खडकाले बताउनु भयो ।

उक्र सडकको आज कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले शिल्यानास गर्नुभएको छ । पहिले जनताले श्रमदान गरेर सडकको ट्रयाक खोलीएको थियो बि।स २०१८ साल देखि जनताले श्रमदान गरेर सुरु गरेको सडक अहिले स्तरउन्नती गरीन लागेको हो ।

उक्त सडक झन्डै ३६ बर्ष पछि बि।स २०५६ साल बाट संचालनमा आएको थियो । पर्यटकिय क्षेत्र लक्ष्मीपुरको त्रिकोटेश्वर मन्दिर सँग जोडिएको सडक साघुरो र अप्ठेरो भएकाले स्तरबृद्धि गर्न लागीएको कालीमाटी गाउँपालीका वडा नम्बर १ का वडा अध्यक्ष रबिलाल बस्नेतले बताउनु भयो ।