बुटवलको चौराहा–चिडियाखोला सडक विस्तार आयोजना

0
Shares

यमलाल भुसाल, बुटवल ।
बुटवलको चौराहा–चिडियाखोला सडकको विषयलाई लिएर सत्ता पक्ष नेकपा र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस सहितका दलहरु विभाजित भएका छन् । नेपाली काँग्रेसले उक्त सडकलाई यथास्थितीमै व्यबस्थित गर्नुपर्ने तथा मुख्य राजमार्गलाई वैकल्पिक व्यबस्था गर्नुपर्ने आफ्नो पुरानै धारणा दोहो¥याएको छ भने सत्ता पक्ष नेकपाले बिकासमा बाधा पु¥याउन नहुने धारणा राखेको छ ।

बुटवल उद्योग बाणिज्य संघले सोमबार बुटवलमा आयोजना गरेको उक्त सडक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश पाँच प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले वेलहीया–चिडियाखोला सडक संघीय सरकारले सञ्चालन गरेको केन्द्रीय आयोजना भएकाले प्रदेश सरकारले केही पनि निर्णय गर्न नसक्ने बताउनु भयो ।

उहाँले समय आफै परिवर्तन भईरहने र परिवर्तीत समय अनुसार विकास पूर्वाधार निर्माणमा अंगाडी बढ्नु पर्ने धारणा राख्दै व्यबहारिक र कानुनी रुपमा समस्या समाधान हुनु पर्ने बताउनु भयो ।

उक्त सडक बिस्तारका कारण बुटवलको बजार विस्थापित हुने स्थिती आएको बताउँदै बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष शंकर श्रेष्ठले बुटवल बजारलाई विस्थापित नभई व्यबस्थित गर्न आवश्यक रहेको भनाई राख्नुभयो । ‘व्यापारिक मार्गलाई शहरी राजमार्गका रुपमा बिकास गर्ने काम आपत्तिजनक छ ।’ उहाँले भन्नुभयो–‘यो सडकलाई यथास्थितीमै व्यबस्थित गरौं, राजमार्गकालागि बैकल्पिक व्यबस्था गर्नुपर्छ ।’

यो सडक बिस्तार आज मात्रै उठेको विषय भने होईन । गएको स्थानीय तहको निर्वाचन अगावै सडकको क्षेत्राधिकार भित्र पर्ने घर टहरा हटाउन सडकले ताकेता गरिरहेको थियो । त्यसै समयमा नेपाली काँग्रेस बुटवलका सभापति खेलराज पाण्डेले उक्त सडकलाई ७५ फूटमै कायम गर्ने, मुख्य राजमार्ग धागो कारखानादेखि योगीकुटी हुँदै वेलवास निकाल्ने प्रस्ताव राखेको र अहिले पनि सोही कुरामा अडिग रहेको बताउनु भयो । उहाँले सडकको क्षेत्राधिकार ७५ फिटलाई आधार बनाएर नगरपालिकाले सम्पत्ति कर असुल्ने कार्यले समस्या झनै बल्झाएको बताउँदै यसको समाधानकालागि स्वयम् नगरपालिकाले पहल गर्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘सडक बिस्तारको बिरोध होईन, तर घर धनीले मुआब्जा त पाउनु पर्यो नी !’ उहाँले बुटवललाई बिस्थापित तथा खण्डीकरण गर्ने पक्षमा नेपाली काँग्रेस नरहेको प्रष्ट पार्नुभयो ।

त्यस्तै नेकपा बुटवल नगर समितिका सचिव नारायण वञ्जाडेले बिकास पनि हुनुपर्छ भन्ने, अनी बिकास पूर्वाधार यथास्थितीमै रहुनुपर्छ भन्ने दोहोरो सोँचले बिकास हुन नसक्ने बताउनु भयो । उहाँले घरबार बिहिन कोही पनि हुनु नहुने र बिकास पनि रोक्न नहुने भनाई राख्नुभयो ।

नेकपा मालेका भरत पराजुलीले सडकको क्षेत्राधिकार भित्र पर्नेगरी नक्सा पास गर्ने नगरपालिकाको गलत प्रबृत्तिका कारण समस्या उत्पन्न भएको बताउँदै यसको जिम्मेवार नगरपालिका हुनुपर्ने भनाई राख्नुभयो । विवेकशिल साझा पार्टीका हरिकृष्ण अधिकारीले बाटोका नाममा व्यबसायीलाई विस्थापित गर्नुभन्दा राजमार्गको वैकल्पिक व्यबस्था गर्नुपर्ने भनाई राख्नुभयो । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल वडा नं. ४ का वडा अध्यक्ष टंक पराजुली, व्यबसायी चोपनारायण श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजु लगायतले भनाई राख्नुभएको थियो ।

त्यस अवसरमा अधिवक्ता गोकर्णसिंह थापाले संविधान प्रदत्त मौलिक हक, कानुनी व्यबस्था, सार्वजनिक सडक सिमा सम्बन्धी व्यबस्था, उक्त सडकको औचित्य र आवश्यक लगायतका कुराहरु समेटेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यहि चैतको २८ र २९ गते नेपाल उद्योग बाणिज्य महासंघको साधारण सभामा जाँदा बुटवल उद्योग बाणिज्य संघले संस्थागत रुपमा यस क्षेत्रबाट निर्वाचित साँसदहरु तथा नेकपाका महासचिव विष्णु पौडेल नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण लगायतका नेताहरुलाई भेटेर परामर्श गर्ने तथा फकेपछि मुख्यमन्त्री शंकर पोखरेलसंग समेत छलफल गरि सोही अनुसार अंगाडी बढ्ने बुटवल उद्योग बाणिज्य संघका महासचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।

चौराहादेखि गोलपार्क चिडिया खोला सम्मका घरधनीले जग्गाको स्वामित्व आफ्नो नाममा रहेको प्रमाण पेस गर्न नसके अतिक्रमित घर भत्काउने गरी सडक विभाग व्यापारिक माग बिस्तार आयोजना बेलहिया–बुटवल सडक विस्तारको प्रकृया अंगाडी बढाएपछि उक्त सडक प्रभावितहरु त्यसको विकल्पको खोजीमा छन् ।