मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहति ६ जनाको घटनास्थलमै मृत्यु


काठमाडौं। मलेसियामा भएको बस दुर्घटनामा दुई नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस दुर्घटना हुँदा दुई नेपालीको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारु छन् ।
घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये तीन जना नेपालको अवस्था अवस्था गम्भीर रहेको बताइएको छ ।