कर्णाली राजमार्ग खुल्यो

0
Shares

कालिकोट । वर्षाका कारण अवरुद्ध रहेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरो पन्छाएपछि सोमबार बिहानैदेखि सञ्चालनमा आएको हो ।

पहिरोले राजमार्गको सडक भत्काएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प थियो । शनिबार र आइतबार दुई वटा डोजर प्रयोगमा ल्याएर पहिरो पन्छाएको सोमबार बिहानैदेखि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले जानकारी दिए ।

गगनेखोला गएको पहिरोका कारणले रारा ताल घुम्न जाने पर्यटकहरू बाटोमा नै अलपत्र परेका थिए । बाटो खुलेपछि उनीहरू पनि गतव्यतर्फ लागेका छन् ।