८ दिने मेलमिलाप आधारभुत तालिम सम्पन्न

0
Shares

टंकराज अधिकारी
अन्नपूर्ण गाँउपालिका कास्कीमा जारी ८ दिने मेलमिलाप सम्बन्धी आधारभुत तालिम समापन भएको छ । स्थानिय स्तरमा हुने बिवादलाई मेलमिलापका माध्यमबाट वडामै मिलाउने उद्देश्यले मेलमिलापकर्ताको क्षमता अभिबृद्धिका लागि गाँउपालिकाले तालिमको आयोजना गरेको होे । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको ब्यवस्थापनमा चैत १७ गते देखि सुरु भएको तालिम २४ गते आईतवार समापन गरेको छ ।

तालिमको समापन कार्यक्रममा बोल्दै अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुँवरले स्थानीय स्तरका विवाद स्थानीय स्तरमै समाधान गराउने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गर्न प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए । गाँउमा सर्वसुलभ र सबैको पहँचको लागि मेलमिलाप केन्द्र स्थापना गरी न्यायपुर्ण र शान्तिपुर्ण समाज निमार्ण गर्न मेलमिलाप सम्बन्धी कार्यलाई सरल र सहज तवरले सञ्चालन गर्न, स्थानीय स्तरमा शान्ति, सौहार्दता र मेलमिलाप कायम गर्न गाँउपालिकाले प्रयास थालनी गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष कुँवरले मेलमिलाप सम्बन्धी तालिम निकै महत्वपुर्ण भएकाले सहभागीले तालिमबाट सिकेका ज्ञान आफ्नो गाउँ, टोल र छरछिमेकमा हुने सानातिना झैझगडा, विवाद समाधान र न्याय निरुपणमा विशेष भुमिका खेल््नुपर्ने बताए ।

गाँउपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक सगुन गुरुङले गाँउमा स्थापना हुने मेलमिलाप केन्द्रहरुको महत्वपूर्ण भूमिका हुने भन्दै मेलमिलाप केन्द्रबाट निष्पक्ष रुपमा विवाद छिनोफानो हुने अपेक्षा गरिन । उनले मेलमिलाप केन्द्र सञ्चालनमा गाँउपालिकाकोे सक्दो सहयोग हुने धारणा राख्दै न्यायिक सम्पादन गर्ने कार्यमा सहज होस भन्ने उद्देश्यले बिविध कानुनी सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको बताईन ।

गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले मेलमिलाप कार्यक्रमलाई प्राथमिकतामा राखि कार्यक्रमहरू सञ्चालन गरिएको र मेलमिलाप केन्द्रका गतिविधिहरूलाई थप प्रभावकारी तथा व्यवस्थित रूपमा अगाडि बढाउन, जनताले सहजरुपमा न्याय पाउनुपर्छ भन्ने सर्वमान्य सिद्धान्तलाई अबलन्वन गरी न्यायिक समितिले आफ्नो क्षेत्राधिकार भित्र पर्ने बिवादलाई समयमा नै निरुपण गर्दा पिडितको सर्वोत्तम हित हुने र न्याय पाएको अनुभुति हुने हुदा गाँउपालिकाले यी कराहरु आत्मासाथ गरेको बताए ।

तालिमका प्रमुख प्रशिक्षक अधिवक्ता हरीप्रसाद पण्डीतले मेलमिलापकर्ताहरु समाजमा रहेका हरेक नागरिकहरुसंग सहकार्य गरेर न्याय निरुपण गर्न आवश्यक रहेको बताउदै सहभागीहरुलाई सिकेका कुरामा व्यवहारिक प्रयोगमा ध्यान दिन आग्रह गरे । आगामी दिनमा पनि मेलमिलापकर्ताको क्षमता अभिबृद्धी र स्तर बृद्धिका लागि गाँउपालिकाले पुर्नताजकि तालिमकोे आयोजना गर्नुपर्ने बताए ।

यस्तैगरी तालिममा सहभागीहरुले कानुनी ज्ञानको अभावले विभिन्न समस्या झेल््दै आइरहेको अवस्थामा तालिमबाट कानुनी व्यवस्था, न्याय निरुपण सम्बन्धी धेरै थोरै कुरा बुझ्ने र सिक्ने मौका पाएको भन्दै खुशी व्यक्त गर्दै वडामा मेलमिलाप गराउने प्रतिबद्धता समेत जनाएका थिए । गाँउपालिकाले निकै महत्वपूर्ण तालिमको आयोजना गरेको भन्दै आगामी दिनमा पनि प्रत्यक्ष जनतासंग सरोकार राख्नेका खालका कार्यक्रमहरुको आयोजना गर्नुपर्ने बताएका थिए । सहभागीहरुका तर्फबाट डम्वर बहादुर दियाली र ज्वोति थापा मगरले भनाई राखेका थिए ।

८ दिन सम्म जारी रहेको उक्त तालिममा गाँउपालिकाका वडा नम्बर ४ देखि ११ सम्मका ३० जना २१ देखि ६४ बर्ष उमेरका प्रशिक्षार्थिले सहभागिता जनाएका छन् । तालिममा मेलमिलापको महत्व, मेलमिलापले सामाजिक द्धन्द व्यवस्थापनमा पुर्याउने सहयोग, द्वन्द्व र विवादको विकास र अवधारणा, विवाद समाधानका संयन्त्रहरु, मेलमिलापको अन्तराष्ट्रिय अभ्यास, मेलमिलाप सम्बन्धी कानूनी व्यवस्था, मेलमिलाप ऐन तथा नियमावली, सामुदायिक मेलमिलाप कार्यान्वयन निर्देशिका, मेलमिलापका चरणहरु, प्रशंसनीय दष्टिकोण प्रयोग गर्ने शीप, सामाजिक न्याय, लैंगिकता, मानवअधिकार र न्यायोचित समाधान, मेलमिलाप पश्चातको प्रक्रिया, समन्वय र अनुगमन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

सहभागीलाई सिप र कुशलताको प्रयोग गरी गरिने मेलमिलापको नमूना भूमिका अभिनय सहित अभ्यास समेत गराइएको थियो । प्रमुख प्रशिक्षक अधिवक्ता हरीप्रसाद पण्डित, गीता आचार्य, हरीप्रसाद भट्टराई, हरी रेग्मी, यज्ञ अधिकारी लगाएतले प्रशिक्षण दिएका थिए ।