कर्णालीको समृद्धीकालागी सरकार क्रियाशील छः मुख्यमन्त्री

0
Shares

धनवीर दाहाल, रुकुम
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको समृद्धीका लागी प्रदेश सरकारले क्रियासिल भएको बताउनुभएको छ ।
प्रदेशलाई समृद्ध बनाउका लागी सबै एक भएर लाग्नुपर्नेमा मुख्यमन्त्री शाहीले जोड दिनुभयो । यस्तै मुख्यमन्त्री शाहीले साँस्कृतिक क्रान्ति अहिलेको आवश्यक्ता रहेको भयो । रुकुम पश्चिमको मुसिकोटमा जिल्ला समन्वय समिति रुकुम पश्चिमले आइतबार आयोजना गरेको कर्णाली प्रदेश स्तरीय बृहत साँस्कृतिक सम्मेलनमा बोल्दै शाहीले साँस्कृतिक क्रान्तिबाट नै समाजवादी व्यवस्था आउने बताउनुभयो ।

देशको आमूल परिवर्तनका लागि अब साँस्कृतिक, भाषिक र जातिय पहिचानलाई समेत बचाई राख्न साँस्कृतिक क्रान्ति आवश्यक रहेको उहाँको भनाई छ । “कर्णालीका जनताले स्थायी शान्ति र सुशासन चाहेका छन्, त्यसको लागि परिवर्तन सहितको विकास र नयाँ व्यवस्था कायम गर्न कर्णाली प्रदेश सरकार लागिपरेको छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री शाहीले साँस्कृतिक क्रान्ति र नयाँ व्यवस्थाका लागि हराउँदै गएको हिजोको साँस्कृतिक पहिचानलाई समेत जोगाउनुपर्ने बताउनुभयो । कर्णाली प्रदेश भाषा, कला र संस्कतिको धनी भएकोले यी साँस्कृतिक पहिचानलाई बचाउन रुकुम पश्मिबाट नै यसको थानली गरिएको शाहीको भनाई छ ।

तीन दिनसम्म सञ्चालन हुने साँस्कृतिक सम्मेलनमा कर्णाली प्रदेशको दश र प्रदेश नं ५ को रुकुम पुर्वबाट गरी ११ जिल्लाको साँस्कृतिक कला कौशल र झाँकी समेत प्रस्तुत हुने जिल्ला समन्व समिति रुकुम पश्चिमले बताएको छ ।