३० तोला सुन जडित मन्दिरको राष्ट्रपतिद्वारा उद्घाटन

0
Shares

सरोज यादव, विराटनगर
राष्ट्रपति विद्यादेवी भण्डारीले ३० तोला जडित मन्दिरको उद्धघाटन गर्नुभएको छ । सुनसरी र मोरंग जिल्लाको किनारमा रहेको बुढिगंगा मुक्तिघाटमा नेपालकै नमुनाको रुपमा रहेको नवनिर्मित श्रीकृष्ण प्रणामी मन्दिरको गजुर ३० तोला सुनबाट निर्माण भएको छ । मन्दिरको करिब ७ करोडको लगानी निमार्ण गरिएको हो ।

श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामको उद्घाटन भएसँगै महामति प्राणनाथ प्राकाट्य चतुर्थ शताब्दी अन्तराष्ट्रिय महामहोत्सव पनि सुरु भएको छ । यो महोत्सवमा करिब २० हजार भन्दा बढि धार्मीक पर्यटकको आगमन हुने अपेक्षा गरिएको छ भने १० हजार भन्दा बढिलाई आवसियको व्यवस्था गरिएको छ ।

विभिन्न दाताबाट प्राप्त सहयोग तथा चन्दा संकलन गरी मन्दिर निर्माण गरिएको वृहत्तर मुक्तिधाम विकास समितिका अध्यक्ष हेम घिमिरेले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले देशकै महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकसित हुने सम्भावना बोकेको विराट क्षेत्रलाई पर्यटकीय सुविधाका अन्य पूर्वाधारहरुको विकास गरिनु पर्ने बताउनु भयो । राष्ट्रपति भण्डारीले विद्धान विद्युषीहरुको पवित्र तपोभूमि यस पूर्व क्षेत्रमा रहेका धार्मिक तथा साँस्कृतिक पक्षको विकासमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताउनु भयो ।

उद्घघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विराटक्षेत्रमा अवस्थित मन्दिरले नेपालकै धार्मिक महत्व बढाएको बताउनु भयो । मन्दिरको निमार्णले बिभिन्न आन्तरिक तथा बाह्य धार्मीक प्रर्यटनको आगमनमा बृद्धि हुने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवाबु पण्डितले बताउनु भयो ।

मन्दिर उद्घघाटन समारोहमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवाबु पण्डित महिला बालबालिका मन्त्री थममाया थापा मगर लगायतले बोल्नु भएको थियो ।