जिल्लाकै पुरानो क्याम्पस ३२ वर्षपछि सरकारी

0
Shares

बासुदेव शर्मा, जाजरकोट ।
जाजरकोटको जेठो भेरी ज्ञानोदय क्याम्पस ३२ वर्षपछि सरकारी क्याम्पस भएको छ । २०४३ सालमा स्थापना भएको भेरी ज्ञानोदय क्याम्पस मध्यपश्चिम विश्वविद्यालय भएको छ ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर सञ्चालनमा रहेको जाजरकोटको पुरानो क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को आगिंक क्याम्पस भएको छ । सामुदायिक क्याम्पसको रुपमा स्थापित यो क्याम्पसको आर्थिक तथा प्रशासनिक दायित्व मध्यपश्चिम विश्वविद्यालयले लिएको छ ।

एमयुले आँगिक क्याम्पस बनाए सँगै समुदायको आर्थिक दायित्व सरकारले लिएको छ । क्याम्पस संचालक समितिका अध्यक्ष एबं जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले एमयूका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालालाई सोमबार समारोहमा क्याम्पस हस्तातरण गर्नु भएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख मन बहादुर रावलले भेरी ज्ञानोदयको चल अचल सम्पत्ति सहितको पत्र एमयूलाई हस्त्तान्तरण गर्नु भएको छ ।

त्रिभुवन विश्वविद्ययालयको म्बन्धनमा संचालन हुँदै आएको क्याम्पसलाई एमयूको आंिगक क्याम्पसका रुपमा हस्त्तान्तरण गर्न पाउदा हर्षित भएको प्रमुख रावलले बताउनु भयो । सरकारी क्याम्पस नहुँदा जिल्ला बासीलाई आर्थिक ब्ययभार साथै विद्यार्थी तथा अभिभावकहरु महङ्गो शुल्क तिरेका थिए ।

भेरी ज्ञानोदय क्याम्पसको सम्पूर्ण व्यवस्थापन तथा सञ्चालन एमयूले गर्ने उपकुलपति प्रा.डा. कोइरालाले बताउनु भयो  । ‘क्याम्पसको सवै स्वामित्व विश्वविद्यालयले ग्रहण गरेको छ, भेरी ज्ञानोदय क्याम्पसको सञ्चालन पनि विश्वविद्यालयको ऐन कानुन अनुसार हुने भएको छ ।

कर्णाली प्रदेश लगायत दुर्गम ठाउमा पनि प्राविधीक शिक्षाका साथै गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वविद्यालयको उदेश्य तथा कार्यक्रम रहेको छ’ उहाँले भन्नु भयो –‘भेरी ज्ञानोदय क्याम्पस संचालित संकायका साथै अन्य प्राविधिक विषयको पनि पठनपाठन संचालनका लागि पहल हुने भएको छ ।