तालको नाममा बनेको भवन प्रयोग विहीन

0
Shares

 

सरिता चलाउने, सल्यान
सल्यानको कुपिण्डे तालको नाममा बनेको भवन अहिले प्रयोग विहीन बनेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ८ मा रहेको कुपिण्डे तालको नाममा २०६५ सालतिर बनेको भवन अहिले प्रयोग विहीन बनेको हो ।

तालको ५० मिटर माथी उत्तरी भागतिर रहेको भवन तत्कालिन पर्यटन कार्यालय भैरहवाले करिब १० लाखको लागतमा निर्माण गरेको थियो । बास बस्न र तालको सामाग्री राख्न बनाईएको उक्त भवन अहिले जिर्न अबस्थामा रहेको स्थानीयले बताएका छन ।

छड र सिमेन्टले ढलान गरिएको एक तलाको उक्त घरकोे ४ वटा कोठा छन् । ति ४ वटै कोठाका सबै ढोकाहरु लथालिङ र असुरक्षित अबस्थाका रहेका छन भने भवन नै प्रयोगमा नआए पछि अहिले जिर्ण अबस्थामा रहेको कुपिण्डे ताल समितीका अध्यक्ष चेतबाहदुर कँवरले बताउनु भएको छ ।

भवन ताल देखि अलि टाढा र एकान्त जंगलमा भएकोले कोहि बस्न नरुचाउने र ताल घुम्ना आउने कतिले त भवन नै नदेखेको उहाँले बताउनु भयो । घर प्रयोगमा आउन छोडेको ४, ५ बर्ष भएको र भवन सँगै रहेको सौचालय पनि प्रयोग विहीन अबस्थामा रहेको उहाँले बताउनु भयो । पहिले भवनमा बस्ने सुबिधा भएको कारण ताल हेर्न आउने पर्यटकहरु बस्ने, त्यही खाना बनाएर खाने गरेको भए पनि अहिले भवनमा आवश्यक पर्ने सामाग्री पनि नभएकोले र भवन जिर्ण बनेकाले समस्या भएको उहाले बताउनु भयो ।

उनले भन्नु भयो– “पहिले यहाँ टाढा–टाढाबाट आउनेहरु निशुल्क रुपमा बस्ने गर्नुहुन्थ्यो, हामीले तालका सामाग्री पनि राख्थौँ । तर अहिले भवन जिर्न बनेपछि बस्नलाई सुरक्षित छैन् ।”

टाढाबाट ताल घुम्ना आउनेहरुलाई निशुल्क बस्नको लागी भवन बनाइएको थियो । सुरु सुरुमा भवन राम्रो भएको र केहि पर्यटकहरु पनि बास बस्ने गरेको स्थानीयले बताएका छन