नायब सुब्बा चन्दविरुद्ध विशेष अदालतमा मुद्दा दायर

0
Shares

काठमाडौँ (नेस)।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा लक्ष्मण बहादुर चन्दविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले नेपालगंज भन्सार कार्यालय, नेपालगंज, बाँकेमा कार्यरत नासु चन्दविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चन्दले भन्सारबाट आयात हुने चामललगायत अन्य सामानहरुको प्रज्ञापन–पत्र बनाइदिने तथा भन्सार जाँच पासमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम मागिरहेको अवस्थामा विशेष सूचनाका आधारमा आयोगले पक्राउ गरेको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिनुभयो । कोइरालाका अनुसार चन्दलाई बाउन्न हजार घूस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।

नासु चन्दले भ्रष्टाचार कसुर गरेकाले बाउन्न हजार रकमसहित कारवाहीको मागसहित अदालतमा आयोगले मुद्दा दायर गरेको सहायक प्रवक्ता कोइरालाले जनाउनुभयो ।