सफा सडक बनाउन सवारी साधनमा ‘स्टिकर अभियान’

0
Shares

नेपाल समाचारपत्र, पर्वत
पर्वत जिल्ला भित्र पर्ने राजमार्ग क्षेत्रलाई सफा सडक बनाउने अभियान चलिरहेको छ । सडकमा फोहोर नफाल्न आग्रह गर्दै पछिल्लो समयमा जनचेतना जगाउने अभियान तीब्र बनेको छ ।

सडकलाई स्वच्छ र हराभरा बनाउने अभियान अन्र्तगत पर्वत जिल्ला भएर चल्ने सवारी साधनमा जनचेतनामुलक सामाग्री टाँस्ने ‘स्टिकर अभियान’ शुरु गरिएको छ । यात्रुले जथाभाबी रुपमा फोहोर फाल्न थालेपछि सरसफाई सम्बन्धी जनचेतना जगाउने र सचेत समेत बनाउने उद्देश्यले ‘स्टिकर अभियान’ चलाइएको हो ।

यात्रुले फालेका खानेकुरा र फोहोरले सडकमा दुर्गन्ध बढेपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी पर्वतले सवारी साधनमा सबै यात्रीले देख्नेगरि ‘पर्बतको सडक फोहोर फाल्न निषेध’ भन्ने नारा सहितको स्टीकर राखेका छन । पर्वतमा हाल सम्म ५ सय भन्दा बढी सबारी साधनमा स्टिकर टाँस्ने काम भएको छ ।

पर्बतको सडक फोहोर फाल्न निषेध भन्ने नारा सहितको सन्देश पर्बतबाट देशका बिभिन्न ठाउँहरुमा छुट्ने सबारी साधनमा टाँस्ने अभियान शनिबार देखि शुरु गरिएको जिल्ला प्रहरी प्रमुख भूवनेश्वर तिवारीले बताउनुभषृ । ‘धेरै यात्रुहरुले बसमा आबतजाबत गर्दा खाने र जथाभावी फोहोर प्याक्दा दुर्गन्ध फैलिदै आएको छ ’ प्रमुख तिवारीले भन्नुभयो ‘स्बच्छ र हराभरा सडक बनाउने उदेश्यका सफा सडक अभियानको एउटा अंगको रुपमा स्टिकर टाँस्ने काम भएको छ’

स्टिकर टाँस्ने अभियानपछि यात्रुले जथाभाबी फोहोर फालेमा काबार्ही गर्ने तयारी पर्वत प्रहरीको छ । सफा सडक बनाउने अभियान मुलुकमै पहिलो पटक पर्वतबाट शुरु गरिएको थियो । पछिल्लो समय प्रहरी र स्थानिय तहका बिचमा समन्वय गरेर देशका धेरै स्थानमा शुरु पनि भएको छ ।

अभियानले पर्बतलाई स्बच्छ हराभरा बनाउनेमा आफु बिश्वस्त रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख रामकृष्ण गौलीले बताउनुभयो । पहिलो चरणमा जिल्ला भित्र चल्ने सवारीमा शुरु गरिएको यो अभियान सबै बस धनीहरुलाई टाँसेर सहयोग गरिदिन प्रहरीले अनुरोध गरेको छ ।

अभियानलाई सबै स्थानिय, चालक तथा ब्यवसायीहरुले समेत साथ दिएका छन् । जिल्लालाई स्बच्छ शहरको रुपमा चिनाउन गरिएको प्रयास राम्रो र प्रबावकारी बन्नेमा प्रहरी समेत ढुक्का देखिन्छ ।