मुगुमा शान्तिका ६७ योजना अलपत्र

0
Shares

बीरबहादुर बम, मुगु
जिल्लामा संचालितशान्तिमन्त्रालयकाभौतिकपुर्बाधार तर्फकाकरिव ६७ योजना अलपत्र परेका छन । उक्त मन्त्रालय अन्त्र्रगत पुर्ननिर्माण तथा पुर्नस्थापना तर्फका भारेकोट निमावि भवन निर्माण हिरा चर्तुदेब क्याप्पस भवन, हयाङ्गलु गाउँको हुलाक भवनउमाविनार्थपुको भवन सोडडा खानेपानी योजनालगायत ३७ वटा योजना अलपत्र परेका हो ।

सोही मन्त्रालयतर्फको शान्तिको लागि बिकास कार्यक्रमको सुकाढिक सामुदायिक भवन तलिसेरा घिउसेरा खानेपानी ओम रारा अस्पताल भवन निर्माण श्रीनगर महिला सामुदायिक भवन फोतु खानेपानी लुम मष्टा मन्दिर लगायत २९ वटा अलपत्र परेका छन ।

पुर्ननिर्माण तर्फका ३८ योजनाको कुल बजेट ८ करोड ८२ लाखमध्ये १ करोड ९७ लाख निकासा भएको र दोश्रो र तेश्रो किस्ता तर्फको ६ करोड ८४ लाख निकासा नहुँदा योजना सम्पन्न हुन सकेका छैनन । शान्तिको लागि बिकास कार्यक्रमको कुल बजेट ५ करोड ३५ लाख रहेको र त्यस मध्ये ९९ लाख १० हजार निकासा भएपनि दोश्रो तेश्रो किस्ता बाफत ४ करोड २५ लाख निकासा नहुँदा योजनाहरु अलपत्र परेका छन ।

गतचालु आब र यो चालु आबमा संचालित शान्ति मन्त्रालय तर्फका ६७ वटा क्रमागत योजनाको दोश्रो तेश्रो रकम निकासा नहुँदा अलपत्र परेको सव इन्जिनियर सुरेश कुमार शाहले बताए । रकम निकासा हुनु पर्ने योजनाको लिष्ट मन्त्रालयमा पठाइएको भएपनि सुनुवाई नभएको उनको भनाई छ ।मन्त्रालय बाट रकम निकासा नभएपछि एकातिर योजना अधुरो र अर्कोतिर निकासाभएको बजेट खेर जाने भएको छ । योजनाहरुको उपभोक्ता समितिका पदाधिकारी र जिसस खानेपानी प्राबिधिक कार्यालयमा धाउदै हैरान भएका छन । जिल्लामा संचालित ६७ वटा योजनामध्ये कसैको ५० प्रतिशत कसैको ७५ प्रतिशत काम भएको रकम अभावले गर्दा एउटा योजना पनि सम्पन्न हुन सकेका छैनन । दोश्रो तेश्रो किस्ताको रकम नआउदा योजना अधुरै रहेको रारा माध्यमिक बिद्यालयका अध्यक्ष रतनबहादुर रावलले बताए ।

रकम आयो कि भनेर जिल्ला धाउदै हैरान भएको उनको भनाई छ । शान्तिमन्त्रालय बाट भनसुनको भरमा आएका दर्जनौ योजना अहिले स्थानीय तहले निगरानी राख्न थालेपछि बाँकी आउनु पर्ने बजेट मन्त्रालयमै रोकिएको सोरु उँपालिका प्रमुख लोकबहादुर शाहीको भनाई छ । शान्तिका अधुरा योजनामा स्थानीयनिकाय बाट बजेट नदिने सोही निकाय बाटै सम्पन्न गरिनु पर्ने उनको भनाई छ ।