सामाजिक अभियानको अगुवाई गर्दै रांकोट

0
Shares

रोल्पा । देशका अधिकांश स्थानीय तहले पूर्वाधार विकासलाई मात्रै महत्व दिईरहेको वेला रोल्पाको एक वडाले भने सामाजिक विकासका गतिविधिहरु प्राथमिताका साथ अघि वढाइरहेको छ ।

परिवर्तन गाउँपालिका वडा नं. ५ रांकोटले सामाजि विकासका गतिविधि अगाडी वढाएको हो । वडाले सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गर्न नपाईने नियमलाई कडाईका साथ लागु गरेको छ । आमा समूह, वालक्लव र विद्यालयको सहयोगमा अभियान अघि वढाइएको वडा कार्यालयले जानकारी दिएको छ । सुरु सुरुमा जन प्रतिनिधि आफै मदिरा सेवन गरेर सार्वजनिक कार्यक्रममा उपस्थित हुने गर्थे वडाध्यक्ष शुकवहादुर वुढाले भन्नु भयो ।

आफैवाट परिवर्तनको थालनी गर्नु पर्छ भन्ने मान्यताका आधारमा जनप्रतिनिधिले मदिरा सेवन गर्न छोडेका हुन वडाध्यक्ष वुढाले भन्नु भयो । वडामा झण्डै ६० प्रतिशत मदिरा नियन्त्रण भएको वताइएको छ । मदिरा सेवन गर्नेहरुलाई निश्चित समय, क्षेत्र र उमेर तोकिएको छ । २५ वर्ष उमेर नपुगेकालाई मदिरा सेवनमा पूर्ण प्रतिवन्ध लगाएका छौ वडाध्यक्ष वुढाले भन्नु भयो ।