सबै प्रदेशमा पुग्यो पाठ्यपुस्तक

14
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।
जनक शिक्षा सामग्री संस्थान लिमिटेडले देशका सबै प्रदेश र आफ्ना सम्पर्क कार्यालयमा पाठ्यपुस्तक पु¥याइसकेको जनाएको छ ।

सरकारी तथ्याङक अनुसार ४५ लाख विद्यार्थीका लागि २ करोड १५ लाख थान पाठ्यपुस्तक छाप्ने लक्ष्यअनुसार करिब २ करोड पाठ्यपुस्तक छापिसकिएको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले भर्नासंगै विद्यार्थीको हातमा नया पाठ्यपुस्तक पु¥याउन निर्देशन दिनुभएको थियो ।

केन्द्रका महाप्रबन्धक महेश्वर तिमल्सिनाले लक्षअनुरुप पाठ्यपुस्तक छपाई भैसकेको जानकारी दिँदै भन्नुभयो– पाठ्यपुस्तक अभाव हुन दिदैनौ । चौबिसै घण्टा प्रेस चलाएर पाठ्यपुस्तक छापिरहेका छौँ ।

केन्द्रले गतवर्ष २ करोड पाठ्यपुस्तक छापे पनि १ करोड ६८ लाख थान पुस्तक बिक्रि भएको थियो ।

केन्द्रका प्रवक्ता चित्र आचार्यले पनि सरकारकै निर्देशनअनुसार पाठ्यपुस्तक छापिसकिएको जनाएको छ । उहाँका अनुसार प्रदेश कार्यालय रहेको पोखरा, जनकपुर, काठमाडौं मुख्यालय, विराटनगर, धनगढी, नेपालगंज, भरतपुर, विराटनगर, सुर्खेत र बुटवलस्थित कार्यालयबाट पाठ्यपुस्तक विक्री भइरहेको छ ।

करिब १ हजार १ सय एजेन्ट नियुक्त गरी पाठ्यपुस्तक बिक्रि गर्ने व्यवस्था लिाइएको उहाको भनाई छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गरेको तथ्याङकको आधारमा पाठ्यपुस्तक छापिरहेको आचार्यको भनाई छ ।
तथ्याङ अनुसार कक्षा १ मा करिब ५ लाख ५५ हजार, २ मा ४ लाख ६७ हजार, ३ मा ४ लाख ४७ हजार, ४ लाख ३६ हजार, ५ मा ४ लाख ३६ हजार, ६ मा ४ लाख १७ हजार विद्यार्थी अध्ययनरत छन् । यस्तै ७ मा ४ लाख १८ हजार, ८ मा ४ लाख ३६ हजार ९ मा ४ लाख १३ हजार र १० मा ३ लाख ५० हजार विद्यार्थी अध्ययनरत छन्

मन्त्री पोखरेलले विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउनैपर्ने व्यवस्था गर्न निर्देशन दिएको बताउँदै भन्नुभयो–स्थानीय तहको समन्वयमा केन्द्रले पाठ्यपुस्तक पु¥याउनैपर्छ, नपुगे कारबाही गर्नेछौ ।

मन्त्रालयले बैशाख २ गतेबाट विशेष भर्ना अभियान गर्ने घोषणा गरीसकेको छ । भर्ना अभियान संगै सबै विद्यालय जाने उमेर समुहका वालवालिकाका लागि पाठ्यपुस्तक पु¥याउनै पर्नेगरी सरकारले तयारी गरेको छ ।

केन्द्रले आगामी वर्षमा कक्षा १–४ का लागि २० लाख र ५–१० का लागि १ करोड ६५ लाख थान र १३ लाख अनुवादित पाठ्यपुस्तक छपाई गरेको जनाएको छ । प्रवक्ता आचार्यका अनुसार आगामी शैक्षिक सत्रका लागि केन्द्रले हालसम्म कक्षा १ का लागि २ लाख ४० हजार ३ सय ३५, २ का लागि २ लाख ४२ हजार २ सय ४१, ३ का लागि ४ लाख ९२ हजार २ सय ४, ५ का लागि २१ लाख ५४ हजार १ सय ५०, ६ का लागि ३० लाख ४ हजार ३ सय ४४ थान पाठ्यपुस्तक छापिकेको छ ।

यस्तै ७ का लागि ३० लाख ७० हजार ८ का लागि ३२ लाख ९२ हजार २ सय ६५, ९ का लागि २१ लाख ८१ हजार ४ सय ३५ र १० का लागि २० लाख ७७ हजार ३ सय ३ थाप पाठ्यपुस्तक छापिसकेको छ । यस्तै ९ कक्षामा ९ लाख ८ हजार ७ सय ७ एच्छिक विषयको पुस्तक छापिसकेको छ । १० कक्षाका लागि ९ लाख १६ हजार एच्छिक विषयका पाठ्यपुस्तक छपाई सम्पन्न गरेको छ । केन्द्रले १५ लाख ७४ हजार अनुवादित पाठ्यपुस्तक छपाई गरिसकेको आचार्यको भनाइ छ ।