कम्बोडियाली राजा स्वास्थ्य परीक्षणपछि स्वदेश फिर्ता

0
Shares

कम्बोडिया ।
कम्बोडियाका राजा नरोद्दोम सिहामोनी तथा उहाँकी आमा तथा पूर्व रानी नरोद्दोम मोनिनिथ सिहानुकले नियमित स्वास्थ्य परीक्षण गरी आइतबार स्वदेश फर्किनुभएको कम्बोडियाका अधिकारीले जनाएका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि उहाँहरू तीन हप्तापहिले चीनको राजधानी बेइजिङ जानुभएको थियो । राजा सिहामोनीलाई स्वागत गर्न कम्बोडियाका प्रधानमन्त्री सम्देक टेचो हुनसेन, कम्बोडियाली उच्च पदस्थ अधिकारीलगायत कम्बोडियाका लागि चिनियाँ राजदूत वाङ वेनतिआन नोमपेन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

उहाँको चीन बसाइका क्रममा राजा सिहामोनीले आफ्नो नियमित स्वास्थ्य परीक्षण का साथै चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नुभएको थियो ।
पैँसठ्ठी बर्षीय राजा सिहामोनीले आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि बर्षको दुई पटक बेइजिङ पुग्ने गर्नुहुन्छ ।
रासस