सरोकारवालाको समन्वय अभावमा छ लेन सडक निर्माणमा ढिलाई

0
Shares

निर्माण कम्पनीद्वारा डेढ वर्षको समय थप्न माग
धनगढी ।
सरोकारवाला कार्यालयहरुको समन्वय अभावको कारण महोना अत्तरिया छ लेनको सडक निर्माण कार्यमा ढिलाई भएको छ । सडक निर्माण आयोजना, नेपाल टेलिकम, नेपाल विद्युत प्रविधिकरण, नेपाल खानेपानी संस्थानको र जिल्ला वन कार्यालय जस्ता प्रत्यक्ष सरोकार राख्ने निकायहरु बिच आपसि समन्यवको अभाको कारण सडक निर्माण कार्यमा ढिलाई भएको हो ।

यि कार्यालयहरु बिच समयमै समुन्वय हुन नसक्दा सडकको क्षेत्र भित्र पर्ने बिजुलीका पोल र तार, टेलिफोन तार हटाउने, रुख काट्ने तथा खानेपानीका पार्ईपहरु हटाउने काममा ढिलाई भएको हो । जसको कारण निर्माण कार्य सम्पन्न गर्ने सम्झौता अवधिको करिब डेढ महिना मात्र बाँकी रहदा समेत ३० प्रतिसत मात्र निर्माणको काम भएको स्वम निर्माण कम्पनीहरुले बताएका छन् ।

यस्तै आईतबार प्रेस क्लव धनगढीले ६ लेन सडकको निर्माण अवस्था सम्बन्धी सरोकारवाला निकायसंग गरेको साक्षात्कार कार्यक्रमका सहभागीहरुले समन्वयको अभावले निर्माण कार्यमा ढिलाई भएको धारण राखेका हुन् । ६ लेन सडक क्षेत्र भित्रको रुख काट्ने, विजुली पोलका र तार हटाउनु रटेलिफोन तार हटाउने काम करिब करिब ६० प्रतिसत सकिएता पनि पानीका पाईपहरु हटाउने काम भने नभएको बताईएको छ ।

यस्तै अत्तरीयामा रहेको एक सय ३५ केभीएको विद्युत ट्रान्समिटर पनि अझै विद्युत कार्यालयले हटाएको छैन । उक्त ट्रान्समिटर सडक सिमा भित्र परेको भन्दै चाँडो हटाई दिने आग्रह गर्दा पनि गरेपनि विद्यतु कार्यालयले नहटाएको छ लेन सडक आयोजनालले जनाएको छ ।

उक्त ट्रान्समिटर राष्ट्रिय लाईन जोडीएको भएकाले एक मात्र ट्रान्समिटर नहटाउन असम्भव रहेको केन्द्रीय कर्यालयले बताएको जनाईएको छ । देशका अन्य यस्तै ट्रन्समिटर हटाउने समयमा हटाउनु पर्ने माथिबाट भनिएको नेपाल विद्युत प्रविधिकरण धनगढी वितरण शाखाका प्रमुख धिरेन्द्र यादवले बताउनुभयो ।

यस्तै सक्षात्कार कारर्यक्रममा बोल्दै नेपाल खानेपानी संस्थान धनगढीका प्रमुख अरविन्द कर्ण निर्माण कम्पनी तथा सडक आयोजनाले आफुहरुसंग अहिले सम्म पनि कुनै समन्वय नै नगरेको बताउनुभयो । सडक निर्माणको के काम कुन क्षेत्रमा भईरहेको छ ? खाने पानी संस्थानको भूमिक के रहन्छ भन्ने विषयमा केही खबर नै नगरेकोले उहाँको भनाई छ । जस आफुहरुलाई कुन ठाउँका खाने पानीका पाईपहरु कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने बारे नै एक्किन नभएको उहाँले बताउनुभयो ।

यस्तै आयोजना प्रमुखहरु समेत तीन तीन महिना सरुवा हुने भएकोले पनि काम प्रभावित हुँदै आएको बताईएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरि गत वर्षको जेठदेखि निर्माण कार्य सुरु भएको मोहनापुल–अत्तरीया छ लेन सडकको निर्माण अवधि सकिन अव एक करिब दुई महिना मात्र छ । तर, मोहनापुलदेखि वोराडारी, वोराडाडीदेखि गेटा माछा पालन र माछापालनदेखि अत्तरीयासम्म गरि तिन भागमा निर्माण भईरहेको सडकको निर्माण भने निकै सुस्त गतिमा भईरहेको छ ।

यस्तै निर्माण कम्पनीहरुले छ लेन सडकको निर्माण अवधि करिब डेढ वर्ष थप्नु पर्ने बताएका छन् । सडक निर्माणको ठेक्का लिएको राजेन्द्र निर्माण सेवा धनगढीका प्रमुख कार्यकारी अधिकृत रोशन भट्टले बताउनुभयो । विभिन्न कारणले सम्झौताको एक वर्ष पछि मात्र काम सुरु गर्न पाएकोले अब डेढ बर्ष थपेमा आफुहरुले काम सम्पन्न गर्ने उहाँले बताउनुभयो । यस्तै सडक निर्मको ठेक्का लिएको शर्मा अमर नागार्जुन निर्माण कम्पनीलेका विसम्बर यादवले निर्माण सामाग्रीको अभावले काम गर्न समस्या हुने गरेको बताउनुभयो । राष्ट्रिय गौरवका योजनाहरुलाई निर्माण सामग्रीको कमी हुन नदीने भनिदै आएको भईएता पनि त्यो व्यवहारमा लागू नभएको उहाँले बताउनुभयो । यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहराले सडक निर्माणको लागि सबैले समन्वय गरेर अगाडी बढ्नु पर्ने आवश्यक रहेको बताउनुभयो ।

विगतमा जेजस्तो भएता पनि अबका दिनहरुमा सबैलाई समन्वय गराएर चाँडा निर्माण कार्य सम्मपन्न गराउनमा आफुले गर्न सक्ने सबै काम गर्ने उहाँले बताउनुभयो । यस्तै कैलाली क्षेत्र नम्बर पाँचका सांसद नारदनुनी रानाले छ लेन सडकलाई समयमै सम्पन्न गराउन आवश्यक पहल गरि रहेको र अझै आफ्नो क्षेत्रबाट गर्नु पर्ने सबै काम गर्ने बताउनुभयो । यस्तै सडक निर्माणमा देखिएका समस्यालाई हल गर्ने विभिन्न समयमा केन्द्रीय सररकार तथा मन्त्रीलाई बारम्बार आग्रह गर्दै आएकोमा अत्तरियामा रहेको ट्रन्समिटर हटाउन समेत पहल गर्ने बताउनु भयो । यस्तै निर्माण १ अर्व ६८ करोड लागतमा मोहना–अत्तरिया छ लेन सडक निर्माण भइरहेको छ ।