हावाहुरीमा मृत्यु भएकाको सम्झनामा प्रदेश सरकारले चैत ३० मा शोक मनाउने

0
Shares

नेपाल समाचारपत्र, बारा ।
बारा र पर्सामा आएको विनाशकारी हावाहुरी परि मृत्यु भएकाको सम्झनामा प्रदेश २ सरकारले चैत ३० मा शोक मनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकहरुको १३ औं दिनको पुण्य तिथि अर्थात चैत ३० गते शोक मनाउने निर्णय गरेको हो ।

उक्त दिन बिहान ११ बजेर २ मिनेटमा आम नागरिक, कर्मचारीसहित प्रदेशका सबैलाई सामूहिक रुपमा मौन धारण गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।

राष्ट्रिय शोक घोषणा गर्न गरेको आग्रहलाई संघीय सरकारले अस्वीकार गरेपछि प्रदेश सरकार आफैंले निर्णय लिन बाध्य भएको जनाईएको छ ।

बैठकले मृतक परिवारलाई किरिया खर्च तत्काल २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।