भाइको नाममा एसइई दिने एक जना पक्राउ

0
Shares

सिराहा ।
मिर्चैया नगरपालिका(५ स्थित मोहोन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १९ वर्षीय अमनकुमार गोईत रहेका छन् । उनलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका कल्याणपुर नगरपालिका(५ बस्ने १७ वर्षीय आफ्नै भाइ पिकंकुमार गोहितको नाममा परीक्षा दिइरहेको अवस्थामा अमनकुमारलाई जिल्ला शिक्षा कार्यालय सिरहाबाट खटिएको अनुगमन टोलीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाईएको छ ।
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भईरहेको छ ।