जन्मको आधारमा नागरिकता वितरणसंगै लाग्यो सेवाग्राहीको भीड

0
Shares

भद्रपुर ।
जन्मको आधारमा नेपाल सरकारले नागरिकता वितरण गर्ने निर्णय लागू गरेपछि सेवाग्रहीको विभिन्न क्षेत्रमा भीड बढेको छ । झापामा रहेका पन्ध्रओटा स्थानीय तह , वडा कार्यालय ,जिल्ला प्रशासन र प्रहरी कार्यालयमा उल्लेखिय भीड बढेको हो ।

प्रहरीबाट सर्जिवन मूचुल्का तयार पारी सम्बन्धित वडा तथा पालिकाबाट सिफारिस लिएर जिल्ला प्रशासनमा नागरिकता बनाउनेको यतिवेला भीड लागेको छ । नागरिकता लिन लाइनमा बसेका विर्तामोड १० स्थित शैनिक बजारका विकास सुन्दास भन्छन् ‘जन्मको आधारमा नागरिकता दिने भएपछि कार्यालय खुल्ने वित्तिकै लाइनमा लागेको छु । ’‘लाइन हेर्दा आज काम हुदैन जस्तो छ उने भने ।’

पहिले आउदा नागरिकता हुदैन भनेकोमा अहिलेको सरकारले दिने भनेको सुनेपछि आएको उनले बताए । लाइनमा नै देखिएकी भद्रपुर ८ की दुर्गा कामती निकै खुसी देखिएकी छन् । नागरिकता पाएर देशको नागरिक हुन पाउँदा खुसी लागेको उनले सुनाइन् । नागरिकता लिनेको भीड बढेपछि कार्यालयले तीनबजे सम्म मात्र फारम लिने सूचना जारी गरेपछि अधिकाँस सेवाग्रही फर्किएका थिए । कार्यालयले तीन बजे नै सूचना टाँस गरेको प्रति लाइनमा बसेका सेवाग्रहीले गुनासो गरेका थिए । केही घण्टा अघि सूचना टाँस गरेको भए लाइनमा बस्नु नपर्ने विजय सहनीले गुनासो गरे । चार घण्टा लाइनमा वसेर फिर्ता हुनु परेको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले तीनदिन अघि अर्थात् विहीबारका दिन देखि नागरिकता वितरण शुरु गरिएको नागरिकता फाँट प्रमुख तथा प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद खरेलले बताए । पहिलो दिन ६३ ,दोस्रोमा ७२ र आइतबार एकसय भन्दा माथिले नागरिकता लिने खरेलको भनाइ छ । विहानै देखि भीड बढेकोले काम गर्न नै मुश्किल भइरहेको उनले जनाए । सरकारले लागू नै गरिसकेपछि विस्तारै नागरिकता लिन सकिने भएपनि सवै नागरिक एकै पटक आएकोले समस्या बढ्दै गएको उनको भनाइ छ ।

पालिकाहरुले मिलाएर सिफारिस पठाइदिएमा भीड कम हुने सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए । केही दिनपछि भीड घट्ने उनको भनाइ छ । प्राविधिक कर्मचारी थप गर्दापनि समस्या हुने भएकोले विस्तारै काम भइरहेको उनले सुनाए । बाबु र आमाको नागरिकताको आधारमा सन्तानले नागरिकता पाउने उनले जनाए । जिल्ला प्रशासन कार्यालय भद्रपुरमा १० ,इलाका प्रशासन कार्यालय दमकमा ३ र गौरीगञ्ज इलाका प्रशासन कार्यालयबाट २ ओटा पालिकाले नागरिकता वितरण गरिरहेको उनले जानकारी दिए ।

जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाइ नागरिकता दिने सम्बन्धमा गृह मन्त्रालयले चैत्र १९ गते ७७ जिल्लामा परिपत्र गरेको थियो । नागरिकता ऐन २०६३ लाइ संशोधन गर्न पेश भएको विधेयक सङ्घीय संसदमा बिचाराधीन रहेको अवस्थामा सर्वोच्च अदालतले जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाइ कानून बमोजिम नागरिकता दिन आदेश दिएपछि यो नियम लागू भएको गृह मन्त्रालयले पठाएको पत्रमा उल्लेख गरिएको छ ।

नागरिकता नपाएर शैक्षिक एवम वृत्ति विकास गर्न नपाइ झेलिरहनु परेको समस्यालाइ सम्बोधन गर्न आवश्यक भएकोले नेपालको संविधानको धारा ११ को उपधारा ३ को व्यवस्था बमोजिम जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरिरहेका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाण पत्र संलग्न गरी नेपाली नागरिकता पाउन निवेदन दिएमा नागरिकता ऐन २०६३, नगरिकता नियमावली २०६३ र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका २०६३ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने भनी मन्त्री परिषद्ले चैत्र १९ मा निर्णय गरेको पत्रमा उल्लेख छ ।