दुर्घटना नियन्त्रणका लागि सवारी साधनको यान्त्रिक परिक्षण

0
Shares

दोलखा ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत एक दिने स्वास्थ्य तथा यान्त्रिक परिक्षण अभियान सञ्चालन गरेको छ । सो अवसरमा ५२ वटा सवारी साधन र ५२ जना चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गरिएको निमित्त ट्राफिक इन्चार्ज प्रहरी हवलदार होम खतिवडाले बताए ।

सुरक्षित यात्राको लागि बेला बेलामा चालक र सहचालकको स्वास्थय परिक्षण तथा सवारी साधनको यान्त्रिक जाँच आवश्यक भएकोले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत स्वास्थ्य तथा यान्त्रिक परिक्षण अभियान सञ्चालन गरिएको निमित्त ट्राफिक इन्चार्ज प्रहरी हवलदार खतिवडाले बताए ।

जिल्ला प्रहरी कार्यालय दोलखाको समन्वय, चरिकोट सामुदायीक अस्पताल, सामुदायीक आँखा केन्द्र दोलखा र सिप्रदी टे«डिङ्सको सहयोगमा सञ्चालित अभियानमा भएको यान्त्रिक जाँच तथा स्वास्थ्य परिक्षणको क्रममा १७ वटा सवारी साधनमा बिभिन्न समस्या देखिएको ट्राफिक प्रहरी जगदिश कार्कीले बताए ।

त्यसैगरी तीन जना सवारी चालकमा आँखाको समस्या र तीन जना सवारी चाँलकमा ब्लड प्रेसर समस्या देखिएको कार्कीले बताए । बिभिन्न समस्या भएको १७ वटा सवारी साधनलाई जरीवाना सहित सचेत गराईएको ट्राफिक प्रहरीले जनाएको छ । जरिवाना बापत नौ हजार पाँच सय राजश्व समेत सङ्कलन भएको निमित्त ट्राफिक इन्जार्च खतिवडाले बताए ।