सल्ली बजारमा वर्षाैँदेखि थुप्रिएको फोहर हटाईयो

0
Shares

सल्यान ।
सल्यानको सल्लीवजारमा वर्षाै देखि थुप्रिएर रहेको फोहरलाई ब्यवस्थीत गरिएको छ । सल्लीवजारको मुख्य चौकमा रहेको वर्षाै देखि थुप्रिएर रहेको फोहरलाई ब्यवस्थीत स्थानीयले ब्यवस्थीत गरेका हुन ।

अतिक्रमण गरेर चोकमै पसल थापेका व्यापारिहरुको समेत सामान हटाएको छन ।
सल्लीवजारको मुख्य चौकमा वर्षौ देखिको फोहर थुप्रीएर वजार दुर्घन्दीत हुनले समस्या हुने गरेको थियो । पानी परेपछि ढल तथा नाला वुझिएर फोहरसँगै दुषित पानी वजारमा पस्ने गरेको थियो ।

स्थानीय व्यापारिहरुको संयुक्त प्रयासमा पसल बजारको भित्र आ आफ्नो पसल अगाडीको नाला सफाई गर्नुका साथै सडक अतिक्रमण गरि थापेका पसल समेत हटाईएको बन्गाड कुपिण्डे नगरपालीका वडा नंम्बर १ का वडा अध्यक्ष शान्त कुमार यरीले बताउनु भयो । सल्लीवजारको मुख्य चौकको मात्रै १ टिपर वढि फोहर उठेको उहाँले बताउनु भयो ।

व्यापारीहरुले जतिसक्यो चाँडो नै सडक अतिक्रमण गरि निर्माण भएका घरहरु हटाउन नगरपालिका र सडक डिभिजन कार्यलयलाई अनुरोध गरेका छन् । सडकको आफ्नो क्षेत्र क्षेत्राअधिकार र नक्सान गरि जति सक्यो चाँडो अतिक्रमणमा निर्माण भएका घरटहराहरु हटाउन माग समेत गरेका छन् । सडकको क्षेत्रकाधिकार तथा नक्सान नहुदाँ वजारमा नालाहरु वुझिएका छन् भने निर्धकसँग नयाँ संरचनामा घरहरु निर्माण गर्न स्थानीयलाई असजिलो भएको छ ।

उक्त स्थानमा रहेको फोहर बन्गाड कुपिण्डे नगरपालीका वडा नंम्बर १ का वडा अध्यक्ष शान्त कुमार यरी, बनगाड कुपिण्डे नगरपालिकाका प्रतिनीधी घनश्याम वि.सी,उद्योग व्यापार संघका उपाध्यक्ष भुपाल साहु,इलाका प्रहरि कार्यलय सल्लीवजाका इन्चार्ज शुसिल रावल सहितको प्रहरि टोलि,रेडक्रस उपशाखा सल्लीवजारका सभापती पुष्कर वि.सी, वजार व्यवस्थापन समितीका अध्यक्ष शिव वली, पत्रकार, स्थानीय महिला र स्थानीय व्यापारिहरुको संयुक्त प्रयासमा वजारमा फोहरले अब्यवस्थीत बनेको नाला र फोहर व्यवस्थापन गरिएको हो ।