सर्लाहीमा पनि बर्ड फ्लू देखियो !

0
Shares

पुष्पा थापा, सर्लाही ।
सर्लाहीमा बर्ड फ्लूको संक्रमणबाट ब्रोइलर कुखुरा मरेको खबर सार्वजनिक भएपनि त्यसको आधिकारिक पुष्टि हुनसकेको छैन। आइतबार बिहानै सर्लाहीको ब्रोइलर कुखुरामा बर्डफ्लुको संक्रमण देखिएको खबर सार्वजनिक भएपनि जिल्लामा अहिले सम्म कतैबाट बोइलर कुखुरा मरेको खवर नआएकाले बर्डफ्लुको बारेमा यसै भन्न नसकिने जिल्ला पशुसेवा कार्यालय सर्लाहीका प्रमुख डा सुनिल कुमार यादवले जानकारी दिनुभयो।

ब्रोइलर कुखुरामा बर्डफ्लु संक्रमित भएको खबर आयो तर अहिलेसम्म कतै संक्रमण फेला परेको छन , टोली बनाएर अनुगमनका लागि निस्केका छौ उहाँले भनुभयो ।ब्रोइलर कुखुरामा बर्डफ्लुको संक्रमण फैलिएको खबर आएपछि कुखुरा पालक किसान चिन्तित भएका छन।

केही साता अघि जिल्लाको दक्षिणी क्षेत्रका किसानहरुले पालेका कुखुरा मरेको खबर आएपनि त्यसको आधिकारिक पुष्टि भने अहिलेसम्म भएको छै।भारतीयबाट सहजै पन्छीजन्य वस्तु भित्र्याउन सक्ने भएकाले यहाँका ब्रोइलर कुखुरामा बर्डफ्लुको उच्च जोखिम भने कायम रहेको छ। पछिल्लो समय पोल्ट्री व्यावसायिक र किसान मिलेर मरेका कुखुरा गुपचुक रुपमा लुकाएर गाड्ने गरेका कारण पनि यथार्थ बाहिर आउन नसकेको पशुसेवा कार्यालयले जनाएको छ।

कुखुरामा बर्डफ्लु संक्रमित भएको पुष्टि भए त्यस क्षेत्रका वरिपरिका कुखुरा नष्ट गर्दा किसान र डिलर दुवैलाई नोक्सानी पर्ने भएकाले उनीहरूले मरेका कुखुरा लुकाएर फाल्ने गरेका हुन ।सर्लाहीमा अहिले सम्म बर्डफ्लु संक्रमित क्षेत्रको पहिचान नभएको प्रमुख जिल्ला अधिकारी द्रोण पोख्रेलले जानकारी दिनुभयो ।

उहाले सबै कुखुरा पालक किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो ।रोग मरेका पन्छी जथाभावी फाल्दा काग लगायका पन्छीले खाएर जतिसुकै रोगको संक्रमण फैलिने सक्ने भएकाले सावधानी अपनाउन पर्ने बताउनुभयो ।