ललित अन्तर्राष्ट्रिय व्यापार मेला चैत २७ बाट शुरु

28
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
दोस्रो ललित अन्तर्राष्ट्रिय व्यापार मेला यही चैत्र २७ गते बुधबार ललितपुरको नटोलमा शुरु हुने भएको छ ।
ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा नटोलस्थित मदनस्मारक विद्यालयको प्रांगणमा पाँच दिनसम्म सो मेला हुने आईतबार आयोजित पत्रकार भेटघाटमा बताइयो ।

संघको ५२ औं स्थापना दिवस र हरेक वर्ष निरन्तर मेला आयोजना गर्ने नीति अनुरुप सो मेला आयोजना गरिएको संघका कृष्णलाल महर्जनले पत्रकार भेटघाटमा बताउनुभयो । संघका अध्यक्ष महर्जनका अनुसार मेलाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनःले गर्नुहुनेछ ।

ललितपुरमा उत्पादित सामग्रीको अन्तर्राष्ट्रिय स्तरमा बजार विस्तार गर्न र विभिन्न देशमा उत्पादित सामग्रीको बजारको रुपमा ललितपुरलाई विकसित गर्न मेला आयोजना गरिएको संघका अध्यक्ष महर्जनले बताउनुभयो ।‘राजधानीसंर्र्गै जोडिएको जिल्ला भएपनि ललितपुरको विकासमा राज्यको ध्यान अपेक्षाकृत रुपले परेको छैन । ललितपुरको आफ्नै सामथ्र्य र सम्भावना छन् । तिनै सम्भावनालाई मूर्त रुप दिने सम्बन्धमा ध्यानाकर्षण गर्न पनि यस मेला आयोजना गरेका हौं ।’ अध्यक्ष महर्जनले भन्नुभयो ।

महासचिव मनोजबहादुर न्याछ्योका अनुसार मेलामा करिब १ सय वटा स्टलहरु रहने छ । भारत, पाकिस्तान, बंगलादेश, चीन लगायत विभिन्न देशको ३० वटा स्टल रहने छ । मेलामा नेपालमा उत्पादन हुने हस्तकलाका विविध सामग्रीको स्टल रहने छ । मेलामा दर्शकहरुले अत्यधिक रुचाएको नेपाल आइडिएलको बुकिबुकीको विशेष प्रस्तुती रहने छ ।

विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्रको भिमसेन मन्दिर ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा पुनःनिर्माण कार्य शुरु भइरहेको पृष्ठभूमीमा मेलाले पुनःनिर्माणको कार्यमा सघाउने विश्वास संघले लिएको छ ।