सरकारले भने जस्तो काम नगरेको मन्त्री चुमानको आरोप

0
Shares

अमृत अर्याल, स्याङ्जा ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सरकारले भने जस्तो उपलब्धि गर्न नसकेको बताउनुभएको छ । पहिलो बर्ष जग बसाउन खर्चेको बताउदै आउदा बर्षदेखि गति लिनेमा उहाँले जोड दिनुभयो । मुस्लिम समाजद्धारा पुतलीबजार नगरपालिकामा आयोजित जल्सा (इस्लाम धार्मिक प्रवचन) को शनिवार वाडखोलामा उदघाटन गर्दै मन्त्री चुमानले सो बताउनुभएको हो ।

धार्मिक सम्प्रदाय र अल्पसंख्यक सिमान्तकृत समुदायमा परिचित मुस्लिम समुदायलाई राज्यको मूलधारमा ल्याउन आफु प्रतिवद्ध रहेको पनि उहाँले जनाउनुभयो ।

नेपालको बिबिधतायुक्त संस्कृति पुँजी भएको बताउदै यसको संरक्षण र सम्बद्र्धनमा सहयोग गर्ने बताउनुभयो । चुमानले मुस्लिम चाडपर्वमा आगामी बर्षदेखि पुनः बिदा दिईने आश्वासन दिनुभयो । मन्त्री चुमानले गण्डकी प्रदेशलाई उत्कृष्ट प्रदेश बनाउन सबैको साथ र सहयोग आवश्यक रहनेमा उहाँको जोड छ ।

कार्यक्रममा संघीय संसद द्धय नारायणप्रसाद मरासीनी र बालिका खातुन, गण्डकी प्रदेश सदस्य दिपक थापा, जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास, पुतलीबजार नगर कार्यवाहक प्रमुख महेश पुरी, नेकपा प्रदेश सदस्य पारश गैह्रे, नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार राना, मुस्लिम संघका पूर्व केन्द्रिय सचिव मुन्ना शेख, मुस्लिम समाजका संस्थापक हाजी अमिरबक्स मिया, वडा अध्यक्ष अमृतप्रसाद श्रेष्ठ, नेपाल संघर्ष गठबन्धन पूर्व प्रवक्ता सहिद अली लगायतले बहुसांस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न सके विश्वकै आध्यता केन्द्र बन्नेमा जोड दिनुभएको थियो ।

मुस्लिम समाजका अध्यक्ष शेर अलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अली मोहम्मदले स्वागत एवं सचिव शाह मोहम्मदले संचालन र मोहम्मद रफिनदिन जद्धातारीले कुरान पढ्नुभएको थियो । इस्लाम धर्मको संरक्षण र सम्बद्र्धन सहित सुन्नी मुसलमानहरुको एकता कायम राख्ने उदेश्यले धार्मिक प्रवचन गरिएकोे हो । प्रारम्भिक तहको शिक्षालय र इस्लाम धर्मसंस्कारको संरक्षण नै जल्ला आयोजनाको प्रमुख उदेश्य हो ।

पुतलीबजार नगरपालिका ३ स्थित बाडखोलामा आयोजित जल्सामा यूके, भारत र नेपालका मौलाना (इस्लामी धर्मगुरु) ले प्रवचन दिनुभएको छ । एशियाकै प्रशिद्ध वाचक नुरानी मिया, भारतका अबुल हक्कानी, नेपालका शेरे नेपाल, जैसे मोहम्मद सिद्धिकि सिइिकी जस्ता धर्म गुरुहरुले इस्लामी धर्म, सस्कृति र कर्मका बारेमा साक्षात्कार गराउनुका साथै आर्थिक संकलन गरिएको छ । यो पुतलीबजार नगरपालिकामा पहिलो पटक हुन लागेको हो । जल्साबाट ५० लाख भन्दाबढी रुपैंया संकलन गर्ने र २५ लाख खर्च गर्दै २५ लाख बचत गर्ने अनुमान गरिएको छ ।