संघनायक भिक्षु अश्वघोषको राजकिय सम्मानका साथ दाहसंस्कार

0
Shares

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
नेपाल समाचारपत्र, काठमाडौं ।
संघनायक भिक्षु अश्वघोष महास्थविरको आईतबार राजधानीको विजयेश्वरीस्थित कर्णदीपमा ‘विशेष’ राजकीय सम्मानका साथ दाहसंस्कार गरियो ।

आईतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले बुद्ध धर्मको माध्यमबाट मुलुकमा शान्ति स्थापना, लोकतन्त्र र लुम्बिनी विकासमा पु¥याउनुभएको योगदानको कदर गर्दै ‘विशेष’ राजकीय सम्मान दिने निर्णय गरेको थियो ।

संघाराम भिक्षु तालिम केन्द्रमा उहा“को पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाउनुभयो । आफ्ना धर्मपत्नी राधिका शाक्यसंगै विहारमा आउनुमा भएका प्रधानमन्त्री ओली २०४६ सालको जनआन्दोलपछि नै आफूले भिक्षुलाई चिनेको बताउ“दै उहा“को योगदानलाई कदर गर्दै सरकारले विशेष राजकीय सम्मान दिने निर्णय भएको जानकारी दिनुभयो ।

सोही अनुरुप नेपाली सेनाको टुकडीले सलामी अपर्ण गरी भिक्षु अश्वघोषको दाहसंस्कार गरिएको थियो ।भिक्षुसंघको परम्परा अनुसार संघउपनायक भिक्षु ज्ञाणपूर्णिक महास्थविरले भिक्षु अश्वघोषको पार्थिव शरीरलाई दागबती दिनुभयो । त्यसपछि भिक्षुणीको तर्फबाट डा अनोजा, उपासक र उपासिकाको तर्पmबाट प्रतिनिधिमूलक रुपमा दागबत्ती दिइएको थियो । त्यसपछि ज्येष्ठता अनुसार भिक्षुहरुले पालैपालो दागबती दिएका थिए । दागबत्ती दिनुअघि भिक्षुसंघ, भिक्षुणीले मरणानुस्मृति (मूत्यू जीवनको अनिवार्य भन्ने बोध गर्ने ) पाठ, बज्राचार्य गुरुजु र लामा भिक्षुले उहा“को निर्वाण कामना गर्दै पाठ गरेका थिए ।

दागबत्ती दिनुअघि भिक्षु अश्वघोषप्रति श्रद्धाञ्जली व्यक्त गरी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीले पठाउनुभएको सन्देश सुनाइएको थियो ।राष्ट्रपति भण्डारीको सन्देशमा भिक्षुले पु¥याउनुभएको योगदानको चर्चा गदै उहा“को निधनले बुद्ध धर्मको क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गरिएको छ । भिक्षुसंघ, भिक्षुणीले मरणानुस्मृति (मूत्यू जीवनको अनिवार्य भन्ने बोध गर्ने ) पाठ गरी उहा“को दाहसंस्कार गरिएको हो ।

९३ वर्षको उमेरमा शुक्रबार भिक्षुको निधन भएको थियो । अन्तिम श्रद्धाञ्जली लागि भिक्षुको पार्थिव शरीरलाई दुई दिन क्षेत्रपाटी, ढल्कोस्थित संघाराम भिक्षु तालिम केन्द्रमा (विहार) मा राखिएको थियो ।

पूर्वउपप्रधानमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेल, पूर्व उपप्रधानमन्त्री नेपाली का“ग्रेसका नेता प्रकाशमान सिंह, उर्जा मन्त्री वर्षमान पुन ‘अनन्त’,सांसद् भिमसेनदास प्रधान, प्रदेश ३ का सदस्य ज्ञानेन्द्र शाक्य, जीवन डंगोल, शोभा शाक्य, बिना श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य विहारमा पुग्नुभई भिक्षुप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

त्यसैगरी म्यानमार, श्रीलंकाका राजदूत, प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त लामा नेपालीको सेना टोलीबाट भिक्षुको पार्थिव शरीर पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

यसैबीच अखिल नेपाल भिक्षु महासंघले एक विज्ञप्ती जारी गरी भिक्षु अश्वघोषको निधनले अत्यन्त मर्माहत भएको जनाएको छ ।उहा“को निधनले नेपालको बुद्ध धर्मको क्षेत्रमा अपुरणीय क्षति पुगेको महासंघका महासचिव भिक्षु कौण्डन्यले हस्ताक्षर गर्नुभएको सो विज्ञप्तीमा भनिएको छ ।

भिक्षुको शवयात्रामा काठमाडौं उपत्यकासंगै काभ्रे, बुटवल, पाल्पा, तानसेनबाट भिक्षु, भिक्षुणी, उपासक, उपासिका, विभिन्न बौद्ध विहार, संघसंस्था गरी सयौंको सहभागिता रहेको थियो ।

भिक्षु २०४७ सालदेखि २०४९ सालसम्म राष्ट्रिय सभाको सांसद् हुनुहुन्थ्यो । २०५२ औं सालमा नेकपा एमालेको नौ महिने सरकारको पालमा भिक्षुलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरिएको थियो ।उहा“ नेपालको पहिलो बौद्ध मासिक पत्रिका आनन्द भूमि र धर्मकीर्ति बौद्ध पत्रिकाका प्रधान सम्पादक पनि हुनुुहुन्थ्यो ।नेपाल र नेपाली भाषामा गरी उहा“को करिब डेढ सय वटा पुस्तक प्रकाशित छन् । म्यानमार सरकारले सन् २००२ सालमा उहा“लाई अग्गमहासद्धम्मजोतिक धज उपाधिले सम्मान गरेको थियो ।

राष्ट्रपति र प्रमद्वारा दुःख व्यक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले भिक्षु अश्वघोषको निधनले आफूलाई दुःखित तुल्याएको भन्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले पठाउनुभएको शोक वक्तव्यमा बुद्ध धर्म, दर्शनलाई सामाजिक, व्यावहारिक र जीवनपयोगी बनाउने दिशामा कटिबद्ध भई सक्रिय रहनुभएका भिक्षुको निधनले मुलुकमा अपुरणीय क्षति पुगेको वक्तव्यमा भनिएको छ ।‘ दुःखको यस घडीमा परिवार, साधक, शिष्य, भिक्षुसंघ र समस्त बौद्ध धर्मावलम्बीप्रति समवेदना प्रकट गर्दछु ।’ राष्ट्रपतिको वक्तव्यमा भनिएको छ ‘ अब उहा“ले देखाउनुभएको बाटो पहिल्याई अव्लम्बन गर्नुभएको व्यावहारिक ज्ञानलाई स्थापित गर्ने कार्य उहा“का अनुयायीहरुमा आएको छ ।नेपालका बुद्ध धर्मावलम्बीहरुले विषयलाई गम्भीरताका साथ लिनेछन् ।’

प्रधानमन्त्री केपीशर्मा ओलीले भिक्षु अश्वघोषको निधनले राष्ट्रले एक वरिष्ठ साधक र विद्धानलाई गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओली विहारमा स्वयं उपस्थिति हुनुसंगै शुभकामना सन्देश पनि पठाउनुभएको थियो ।सो अवसरमा प्रधानमन्त्री ओलीले वि सं २०४६ को जनआन्दोलनपछि तत्कालीन संसद्मा निर्वाह गर्नुभएको सक्रिय र रचनात्मक भूमिकाको स्मरण गर्दै स्वर्गीय भिक्षुको स्मरण हाम्रो स्मृतिमा सदा अमर रही रहनुहुने बताउनुभयो ।

नेकपामा एमालेको नौ महिने सरकारमा लुम्बिनी विकासको कोषको उपाध्यक्ष भएर भिक्षुले लुम्बिनीको सुधार र गुरुयोजनाको कार्य अघि बढाउन पु¥याउनुभएको योगदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले बुद्धधर्मावलम्बीहरुप्रति गहिरो समवदेना प्रकट गर्नुभयो ।

पूर्व राजाद्वारा दुःख व्यक्त
भिक्षुको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पूर्वराजा ज्ञानेन्द्रले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।पूर्व राजाका श्रद्धाञ्जली पत्रमा भिक्षुको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ ।