प्रदेश स्तरीय बृहत सांस्कृतिक सम्मेलन शुरु

0
Shares

मौलिक भेषभुषामै सजिय मुख्यमन्त्रीदेखी स्थानीय सम्म
धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिममा कर्णाली प्रदेश स्तरिय बृहत सांस्कृतिक सम्मेलन आइतबारबाट सुरु भएको छ । कर्णाली प्रदेशका लोपउन्मुख कला, संस्कृति, भेषभुषा तथा बाजागाजाको संरक्षण एवं प्रर्बद्धन गर्ने मुख्य उद्धेश्यले आयोजना गरिएको बृहत सांस्कृतिक सम्मेलनको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुभएको हो ।

मुख्यमन्त्री शाही लगाएत पुर्वमन्त्री जनार्दन शर्मा, राष्ट्रिय सभाका सदस्य ठगेन्द्र प्रकाश पुरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्यायी समिती सदस्य मनी थापा, कर्णाली प्रदेशका आर्थिक तथा योजना मन्त्री प्रकाश ज्वाला, कृषिमन्त्री बिमला के.सी,जनवादी गायक जिवन शर्मा लगाएत राष्ट्रिय तथा स्थानीय कलाकारहरु सहित सामुहिक नाच नाचेर कार्यक्रम उद्घाटन भएको हो ।

रुकुम पश्चिमका रहेका मौलिक संस्कृतिको संरक्षण गर्ने, कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउन टेवा पुर्याउने, स्थानीय उत्पादित बस्तुलाई बजारीकरण गर्ने लगाएतका उद्देश्य राखेर बृहत सांस्कृतिक महोत्सव आयोजना गरिएको जिल्ला समन्वय समिती रुकुम पश्चिमले जनाएको छ ।

पहिलो पटक भएको कर्णाली प्रदेश स्तरको बृहत सांस्कृतिकले कर्णाली प्रदेशको सस्कृतिको प्रचार प्रसार र प्रर्बद्धन गर्ने बिश्वास गरिएको छ । कर्णाली प्रदेशका १० वटै जिल्ला र प्रदेश नं ५ अन्र्तगत रुकुम पुर्व जिल्लाबाट पनि समन्वय समिती प्रमुखको नेतृत्वको टोलीले सांस्कृतिक सम्मेलनमा भाग लिएको छ ।

यसै गरी जिल्लामा रहेका बिभिन्न ऐतिहासिक क्षेत्रलाई पर्यटकिय नगरीको रुपमा विकास गर्ने र सांस्कृतिक संग्रालय बनाइने रुकुम पश्चिम जिल्ला समन्वय समिती प्रमुख राजकुमार शर्माले बताउनुभयो ।

सांस्कृतिक सम्मेलनमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीका साथै सहभागी मन्त्रीहरु,सांसद, स्थानीय तह जनप्रतिनिधिहरु तथा स्थानीयहरु आफ्नो मौलिक भेषभुषामा सजिएका छन् । आइतबारबाट सुरु भएको सम्मेलन २६ गतेसम्म संचालन हुने छ ।