नयाँ मोदी लेखनाथ प्रसारण लाईन निर्माण शुरु

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
पर्वतको देउपुर देखि कास्कीको लेखनाथ सम्मको नयाँ मोदी लेखनाथ प्रसारण लाईनको निर्माण कार्य शुरु भएको छ ।
पर्वत भएर बग्ने मोदीखोला र कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामा बन्ने बिद्युत आयोजनाहरुबाट उत्पादित बिद्युतलाई पोखरास्थि सवस्टेशनबाट राष्ट्रिय प्रसारणलाईनमा जोड्न नयाँ प्रसारण लाईन निर्माण गर्न लागिएको हो ।

पर्वतको मोदीगाउँपालिका वडा नं २ देउपुरस्थित सवस्टेशनमा आइतबार आयोजित एक कार्यक्रमका बिच प्रसारणलाईनको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिलन्यास गर्नुभयो ।

पर्वतको मोदी गाउँपालिका २ देउपुर देखि कास्कीको पोखरा महानगरपालिका लेखनाथ सम्म निर्माण हुने प्रसारण लाईन ४२ किलोमिटर लामो हुनेछ । प्रसारण लाईनमा १ सय ३८ वटा टावर रहने छन । २ अर्ब २५ करोडको लागतमा निर्माण हुने प्रसारणलाईन डेढ बर्षभित्र सक्ने लक्ष्य राखिएको नयाँमोदी पोखरा प्रसारणलाईन आयोजनाका प्रमुख रोशन अग्रवालले जानकारी दिनुभयो ।

प्रसारणलाईन निर्माणका लागि नेपाल सरकार र भारतको एक्जिम बैंकले लगानी गरेका छन ।‘आयोजनाको जग्गा अधिग्रहण तथा वातावरणीय प्रभाव मुल्याँकन लगायतका काम सक्न पाँच बर्ष लागेपनि अब डेढ बर्षभित्र सक्ने लक्ष्य सहित काम अघि बढाएका छौ ।’ आयोजना प्रमुख अग्रवालले भन्नुभयो ‘स्थानियस्तरबाट सहयोग पाएमा तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेछौ।’

प्रसारणलाईन अन्र्तगत पर्वतको मोदी गाउँपालिका २ देउपुर र कास्कीको माछापुच्छ«े गाउँपालिका लाहाचोकमा गरि दुईवटा सबस्टेशन निर्माण हुने भएका छन । देउपुर स्थित सबस्टेशनमा मोदीखोला र आसपासका नदीबाट उत्पादित बिद्युत जोडिनेछन भने कास्कीको लहाचोक सबस्टेशनमा सेतीनदी र मर्दीखोलाबाट उत्पादित बिद्युत जोडिनेछन । प्रसारण लाइन र सबस्टेशन निर्माणको काम भारतको कल्पयात्रु पावर ट्रान्समिसन लिमिटेडले गरिएको छ । कम्पनीले नेपालका कोशी करिडोर लगायतका धेरै प्रसारण लाइन निर्माण गरिएको कन्ट्रीडाइरेक्टर शिबशंकर सिंहले बताउनुभयो ।

प्रसारण लाइनको शिलन्यास गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यको निति नै आर्थिक समृद्धिको पक्षमा भएकोले सम्बृद्धि हासिल गर्न ठुलाठुला आयोजना निर्माण कार्य शुरु भएको बताउनुभयो । उहाँले यस्ता बिकासका आयोजनाहरु समयमा सक्ने परिपार्टी बिकास गर्न सक्दा मात्रै जनताले छिटो लाभ लिन सक्ने हुँदा तोकिएको समय भन्दा कम्तीमा एक महिना अघि सक्न निर्देशन दिनुभयो । प्रतिनिधीसभाका सदस्य पदम गिरीले देशमा पुर्वाधार निर्माणको युग शुरु भएको बताउनुभयो ।