नेपाल–भुटानका पूर्व प्रधानमन्त्रीको अनौपचारिक भेट


काठमाडौं ।
भुटानी पूर्व प्रधानमन्त्री छिरिङ तोब्गेले नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग अनौपचारिक भेटवार्ता गरेका छन् ।
तोब्गे–दाहाल वीच शनिवार दाहाल निवास खुमलटारमा भेटवार्ता भएको हो ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन उनी काठमाडौं आएका थिए ।

दुवै पूर्व प्रधानमन्त्रीहरु वीचको भेटवार्ता के विषयमा केन्द्रित थियो भन्ने विस्तृत विवरण सार्वजनिक नभएपनि तस्वीर सार्वजनिक भएको छ ।

तोब्गे स्वयंले दाहाल निवासमा भेटवार्ता भएको उल्लेख गर्दै सामाजिक सञ्जाल ट्वीटर मार्फत तस्वीर सार्वजनिक गरेका छन् ।