जनमतबाट डा.शर्मा सहित १ सय ४० सम्मानित


मोतीराम तिमल्सिना, काभ्रे ।

जनमत वाङ्मय प्रतिष्ठान नेपाल बनेपाले जनमतको ३५ औ बार्षिकोत्सवको अवसर पारी विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुन श्रष्टाहरुलाई सम्मान गरिएको थियो । २०५० साल देखि शुरु गरिएको सम्मान कार्यक्रमबाट २०७५ सम्म १ सय ४० जना सम्मानित भएका छन् ।

नेपालको धेरै ग्राहक भएको र आजिवन सदस्य समेत रहेको साहित्यीक पत्रिका जनमत मात्रै हो । जसका १ हजार ५ सय ८५ जना आजिवन सदस्य रहेका छन् भने ५ सय ८५ जना ग्राहक छन् । ६८ वटा जिल्लामा पुग्ने मासिक पत्रिका जनमतले सम्मानका लागि अक्षयकोषको स्थापना गरेको छ । २०७६ साललाई अक्षयकोष वर्ष बनाउने बताउँदै जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले पत्रिकाको निरन्तरताका लागि अक्षयकोषको रकम बढाउने बताए । जनमत वाङ्गमय पुस्तकालयको स्थापना गरी भवन निर्माण कार्य समेत शुरु गरेको बताए । दाता मार्फत निर्माण गर्न लागिएको ५० लाख रुपैयाको भवन निर्माणमा केहि अवरोध आएको मोहन दुवालले बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपालको कला र साहित्यको क्षेत्रमा जनमत पत्रिकाले पु¥याएको योगदानको कदर गरे । ‘जनमत नेपाली साहित्य क्षेत्रको खम्बा हो, त्यसका संस्थापक मोहन दुवालले नेपाली साहित्यमा पु¥याएको योगदानको जति कदर गरे पनि पुग्दैन’–कुलपति कर्माचार्यले भने ।

जनमत–महेन्द्रलाल कलाकार सम्मानबाट हरिप्रसाद शर्मा, ह्दयचन्द्र–बरिष्ठ जनमत साधक सम्मानबाट डा. सुरेशराज शर्मा, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मानबाट हिरण्यकुमारी पाठक, जनमत–जनक सेवा सम्मानबाट हनिफ मियाँ, जनमत–केदार÷सुर्दशना बालसाहित्य सम्मानबाट विनयकुमार कसजु, गणेश÷खिलकुमारी दुवाल जनमत सम्मानबाट काजी रोशन, दीपा जनमत सम्मानबाट देविका तिमल्सिना, केवलपुरे जनमत सम्मानबाट रुकु कार्की, कमला सैंजु जनमत सम्मानबाट अनुराधा शर्मा र जनमत राजभाई सहयात्री सम्मानबाट मिलन समीर सम्मानीत भएका छन् ।

कार्यक्रममा सात वटै प्रदेशका साहित्यीक ब्यक्तिहरु सहभागि भएका थिए । जनमत वाङ्गमय प्रतिष्ठानका उपाध्यक्ष डा. रामप्रसाद ज्ञवाली, बरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुले जनमतको संर्घष र निरन्तरताका लागि प्रतिवद्धता ब्यक्त गरेका थिए । सोहि कार्यक्रममा कृष्ण सुवेदीले अनुवादक सम्मानका लागि १ लाख रुपैयाको अक्षयकोष खडा गर्न सहयोग गर्ने घोषणा गरेका थिए ।