नेपाल वंशज परिषदको प्रथम राष्ट्रिय अधिवेशन झापामा सम्पन्न


नेपाल समाचारपत्र, भद्रपुर ।
नेपाल वंशज परिषदको प्रथम राष्ट्रिय अधिवेशन विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

प्राध्यापक डाक्टर मेदीनी प्रसाद शर्मा नेपालको प्रमुख आतिथ्य तथा केन्द्रीय अध्यक्ष खेमराज नेपालको सभापतित्वमा झापाको कनकाइ नगरपालिका कोटीहोममा शनिबार जिल्ला कार्यसमितिको आयोजनामा अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा महासचिव डाक्टर शैलेन्दुप्रकाश नेपालले साङ्गठानिक र सह– कोषाध्यक्ष खगेन्द्र नेपालले आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । समाजमा विशिष्ठ योगदान पुर्याउने मिना ,पर्शुराम,भोजकुमारी र मिनाक्षी नेपाललाइ सम्मान गरिएको थियो ।

त्यसैगरि अग्नी,केदार,यूवराज,सीताराम,तिर्थराज र लक्ष्मी नेपाललाइ जेष्ठ नागरिक सम्मान गरिएको थियो । सोही कार्यक्रममा आयोजक झापाले कनकाइ नगर ,बुद्धशान्ती गाउँपालिका समिति र एकमणि नेपाललाइ सम्मान गरेको थियो । कार्यक्रममा विभिन्न गजल, कविता समेत वाचन गरिएको थियो ।

अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि अनिलकुमार उपाध्याय नेपालको अध्यक्षतामा २१ जनाको कार्यसमिति चयन गरिएको छ । जसमध्ये बरिष्ठ उपाध्यक्षमा जनार्दन,उपाध्यक्षहरुमा एकमणि,डा.शैलेन्दुप्रसाद,रेवतीरमण रहेका छन् ।

त्यसैगरि सचिवमा धर्मप्रसाद,हेमसागर र महासचिवमा शमिर नेपाल चयन भएका छन । समितिको कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमश खगेन्द्र र टिका भट्टराइ नेपाल रहेका छन् भने बाँकी सदस्यमा चयन भएको जिल्लाका सचिव देवी नेपालले जानकारी दिए । समितिमा सवै जिल्लाका बन्धुहरुलाइ मिलाएर गठन गरिएको उनले जनाए ।