स्थानिय तहका मेलमिलापकर्ताले सबैको जीत हुने गरि मिलाउन सुझाब


पर्वत, (नेस) ।
गाउँघरमा हुने झैझगडा र बिबादलाई सबैको जीत हुने गरि मिलाउन पर्वतको फलेबासमा आयोजित कार्यक्रमका सहभागीले आग्रह गरेका छन ।

फलेबास नगरपालिकाले आयोजना गरेको मेलमिलाप सम्बन्धी तालिम उद्घाटनसत्रमा बोल्ने बक्ताहरुले दुबैपक्षको जीत हुनेगरी मेलमिलाप गराउन आग्रह गरेका हुन ।

तालिम उद्धघाटन गर्दै ोल्दै जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर वि पौडेलले तालिमपछि स्थानिय तहमा नै न्याय सम्पादन गर्ने बातावरण निमार्ण हुने बिश्वास ब्यक्ति गर्नुभयो ।

‘समाजमा देखिएको विवादलाई दुबै पक्षको जीत हुने गरि मेलमिलाप गर्नुपर्छ’ उहाँले भन्नुभयो ‘एउटाले जितेको र अर्कोले हारेको महसुस गरे भने आपसी मनमुटाव नहुन सक्छ।’ गाउँघरमा देखिने साना साना समस्याहरुको समाधानको लागि पनि अदालती प्रक्रियामा जादा नागरिकले दुःख पाईरहेको भन्दै उहाँले अव त्यो अवस्थाको अन्त्य गर्न आवश्यक भएकाले स्थानिय तहमै मेलमिलापको निति सरकारले ल्याएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा न्यायिक समितका संयोजक तथा फलेवास नगरपालिकाकी उपमेयर मञ्जु अधिकारीले नगरपालिका भित्र घट्ने घटना तथा समस्यालाई मेलमिलापका माध्यामबाट समाधान गर्न तालिम प्रभाबकारी हुने बताउनुभयो । कुनै पनि नागरिक अन्यायमा नपरुन तथा न्यायको पहुँच भन्दा टाढा नहुन भन्ने नगरपालिकाको लक्ष्य र उद्देश्य रहेको बताउदैँ सवै नागरिकले न्याय पाएको अनुभूति हुने गरि न्याय सम्पादन गरिने बिश्वास दिलाउनुभयो ।

त्यस्तै कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक गोविन्द पहाडीले हरेक वडामा आईपर्ने समस्यालाई समाधान गर्न तथा छिटो न्याय सम्पादन गर्ने कार्यमा यस तालिमले सहयोग पु¥याउने बताउनुभयो ।

फलेवास नगरपालिका का उपप्रमुख तथा न्यायिक समितीका संयोजक मञ्जु अधिकरीको अध्यक्षतामा सम्पन्न उद्दघाटन कार्यक्रममा नगरपालिकाका योजना ब्यबस्थापक देबी तिमिल्सीनाले पनि बोल्नुभएको थियो ।

तालिममा नगरपालिका भित्रका ११ वटै वडाका वडा अध्यक्ष सहित ४० जना को सहभागिता रहेको छ । तालिम चैत ३० गते सम्म संचालन हुने नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले जानकारी दिनुभयो ।