तेलको मूल्य विश्व बजारमै अस्थिर


डा. सुमनकुमार रेग्मी
विश्व बजारमा कच्चा तेलको मूल्य १ अप्रील २०१९ मा थप वृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्य वृद्धि भएको बताइन्छ । बाह्य बजारमा मे २०१८ तिर तेलको मूल्यमा वृद्धि भएको थियो । विश्वव्यापी सेयर बजारमा देखिएको सुधार तथा अमेरिका र चीनको बीचमा देखिएको केही सुधारको नतिजाको कारण पनि तेलको मूल्यमा केही वृद्धि हँुदै आएको थियो ।

चीन र अमेरिकाको बीचमा देखिएको व्यापारिक द्धन्दमा देखिएको कारण तेलका बजारमा पनि अन्योल देखिएको थियो । मे २०१८ तिर प्रतिब्यारेल तेलको मूल्य ७८ दशमलव ८६ अमेरिकी डलर पुगेको थियो । तर यस्कै अघिल्लो सातामा मूल्य ८० अमेरिकी डलर प्रतिब्यारेल नाघेको थियो । ्तेलको व्यापार मे २०१८ तिरदेखि चर्चाको विषय थियो । हुन त तेलको व्यापार नै विश्व राजनीति हो । तेलको विषयमा हुने गरको केही आर्थिक विषयलाई थप मुद्धा बन्दै आएकोे छ । तेल उत्पादनमा अफ्रिका, युरोप र अमेरिका अगाडी रहदै आएका छन् तर एसिया तुलनात्मक रुपमा निकै पछाडी रहेको देखिन्छ ।

तेलको उत्पादन निकै कम र खपत व्यापक मात्रामा हुने गरेको क्षेत्रले आयातको व्यापारमा निर्भर हुनु स्वभाविकै हो । आयातको व्यापारमा निर्भर रहदैं आएका देश तथा कुनै क्षेत्रको लागि बाह्य बजारमा हुने गरेका विभिन्न उतारचढावको पनि सामाना गर्नुपर्ने हुन्छ । अमेरिकी डलरको मूल्यमा पनि लगातारको वृद्धिले तेलको मूल्य पनि बढदै आएको छ । यसले तेल आयातमा निर्भर रहेका देशहरुको अर्थतन्त्र असर पदैं आएको छ । सन् २०१८ मे महिनातिर उच्च बिन्दुमा पुगेपछि क्यानडाका तेल कम्पनीबाट २०१८ पछिका लागि एसियाको निम्ति तेलको व्यापारमा महँगो पर्न गएको थियो । मे २०१८ तिर तेलको बाह्य बजारमा ८० अमेरिकी डलर प्रतिब्यारेलले नाघेको थियो ।

तैपनि एसियाको तेलको माग उच्च रहेको थियो । सन् २०१८ को लागि एसियाले तेलको लागि १० खर्ब अमेरिकी डलरबराबरको रकम खर्च गरेको थियो । विश्वका प्रमुख अर्थतन्त्र बोकेका देशहरुबीचमा देखिएको सम्बन्ध सुधारको नतिजाले तेलको मूल्यमा केही सुधार आउने गरेको छ । ती देशहरुबीच तेल सम्झौता भएमा तेलको व्यापारमा असर पर्ने देखिदै आएको छ । तेल बजारलाई देखिने गरेका मूल्य वृद्धिले भविष्यमा पनि वृद्धि हुने गरेको देखिन्छ । विश्वमा सबैभन्दा कम तेल उत्पादन क्षेत्र एसिया हो । एसियामा विश्वको समग्र तेल उत्पादनका् केवल १० प्रतिशत मात्र उत्पादन हुने गरेको छ ।

बाह्य बजारमा कच्चा तेलको भाउ सन् २०१९ को शुरुमा बढेको देखिन्छ । मार्च १, २०१९ मा अमेरिका र चीनको व्यापार विवाद समाधान गर्न ती देशबीच अर्को चरणको वार्ता गर्ने तय भएपछि तेलको भाउ बढेको देखिन्छ । विश्व बजारमा पछिल्ला समय सबैभन्दा समस्यामा रहेको क्षेत्र तेल उद्योग नै हो ।

साउदी अरेबिया र यूएईले देखिने गरेका अस्थिर तेलको मूल्यमा आवाज उठाउँदै आएका छन् । यस्तो किसिमका आर्थिक तरलता पछिल्ला समयमा तेलको बजारमा नकारात्मक किसिमका असर पर्न सक्ने बताउँदै आएको छ । यस्तोमा बजारको अन्योलता केही कम भएसंगै मूल्यमा तेलको मूल्यमा थप वृद्धि हुँदै आएको छ । तेलको मूल्य बिश्व बजारमा पुन गिरावट आउँदै ५० देखि ६५ डलर प्रतिब्यारेल भन्दा बढी पुगेको अवस्थामा इरानमाथिको प्रतिबन्ध तथा विश्व राजनीतिक अन्योलमाको कारण तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको अवस्था थियो ।

यूएईले सन् २०१८ मे महिनातिर देशको सबैभन्दा ठूलो तेल कम्पनी आबुधाबी नेशनल आयल कम्पनी मा ४४ अर्ब ९५ करोड अमेरिकी डलरबराबरका रकम लगानी गरको थियो । उतm कम्पनीले विश्वको सबैभन्दा ठूलो शुद्धीकरण केन्द्र स्थापनाको लागि यस्तो लगानी गरेको थियो । यस समयतिर तेलको ब्यापारिक क्षेत्रमा केही सुधार आइरहेको अवस्थामा कम्पनीले यस्तो योजना अघि सारेको थियो । यस्तो लगानीले कम्पनीको रोजगारको क्षेत्रमा पनि ब्यापक सुधार आइरहेको भनिन्छ । यस्तो कार्यक्रमबाट कम्पनीबाट १५ हजार रोजगारी थप भएको छ । यो सन् २०२५ सम्मको लागि अनुमान गरिएको हो ।

अप्रिल २०१८ मा चीनले ९६ ब्यारेल तेल प्रतिदिनको हिसावमा आयातको माग गरेको थियो । यो माग समग्र विश्वको खपतको १० प्रतिशत मात्र हो । चीन विश्वको सबैभन्दा ठूलो आयातकर्ता देश हो । यो समयमा मूल्यको हिसावमा चीनको प्रतिदिनको आयातको मूल्य ७६ करोड ८० लाख अमेरिकी डलरमा रहेको थियो । सन् २०१८ को मे महिनातिर भेनेजुएलाको तेल उत्पादन सन् १९५० यताकै सबैभन्दा कमजोर विन्दुमा रहेको कारण उतm देशलाई समस्या पर्दै आएको थियो । भारतको तेलको मागमध्ये ८५ प्रतिशत आयातले धान्ने गरेको छ ।

सन् २०१९ सम्मको अवधिमा अमेरिकाले रसियालाई तेल उत्पादनमा पछि पार्ने भनिएको छ । यस्तो कुरा अन्तर्राष्ट्रिय उर्जा एजेन्सी अर्थात आईईएले सार्वजनिक गरेको थियो । अमेरिका सन् २०१९ मा र पछि पनि विश्वको सबैभन्दा ठूलो तेल उत्पादक हुने अभियानमा लागेको छ । साथै उत्पादनमा उछिन्ने आधारहरु धेरै भएको भनिएको छ । विश्वमा सबैभन्दा ठूलो तेल निर्यातकर्ता सउदी अरेबिया रहीआएको छ ।

विश्वको सबैभन्दा ठूलो तथा अत्यधिक वृद्धि भइरहेको एसियाको बजारमा देखिएको सुधारसंगै अमेरिकाले तेलको निर्यातमा वृद्धि गर्ने देखिएको छ । आगामी बर्षमा अमेरिका त ओपेक तथा रसियाभन्दा पनि बढी तेल निर्यात गर्न सक्ने देश बन्ने देखिएको छ । अमेरिकाको तेल आयातमा पनि सन् २००१ यताकै सबभन्दा कम विन्दुमा पुगेको दखिएको छ । साथै ब्राजील र क्यानडामा पनि तेल उत्पादनमा वृद्धि भएको छ । विश्वको तेलको मागमा भने सन् २०१८ का समग्र अवधिमा १४ लाख ब्यारेल प्रतिदिनले बढी भएको भनिएको छ ।

ओमान मध्यपूर्वको ठूलो गैरओपेक तेल उत्पादक देश हो । यो मुलुक केही बर्षअगाडी तेलको मूल्यमा आएको गिरावटबाट नराम्रो गरी थलिएको देश थियो । ओमानले सन् २०१६ को अन्ततिर ओपेक र गैरओपेक देश विशेष गरी रुससंग भएको सम्झौता भएको थियो । यो सम्झौता मूल्य माथि लैजान उत्पादनलाई नियन्त्रण गर्ने विषय थियो । भेनेजुयलाले देशको तेल उत्पादनको गिरावटलाई सन् २०१८ को सुरु ६ महिनाको अवधिमा करिब करिब सन्तुलनमा ल्याउने बताएको थियो । उतm अवधिमा १३ प्रतिशतले गिरावट आएको थियो । सन् २०१८ मा भेनेजुयलाको तेल उत्पादन विगत २८ बर्ष यताको सबैभन्दा कमजोर बन्न पुगेको थियो । भेनेजुयलाले सन् २०१७ मा प्रतिदिन २० लाख ब्यारेलको औसतमा कच्चा तेलको उत्पादन गरेको थियो । विश्व बजारमा त्यो बेला तेलको मूल्यमा आएको भारी गिरावटले भेनेजुयलाको अर्थतन्त्र पनि संकटमा सुरु भएको थियो ।

चीनको प्रशोधित पेट्रोलियम पदार्थको प्रयोगमा सन् २०१८ मा वृद्धि भएको थियो । चीनमा सन् २०१८ मा झण्डै ३२ करोड ५० लाख टन प्रशोधित तेलको खपत भएको थियो । यो सन् २०१७ को तुलनामा ६ प्रतिशत बढी थियो । चीनमा सन् २०१८ मा कार प्रयोगमा ७.८ प्रतिशतले वृद्धि भएको थियो । सन् २०१७ मा चीनमा कार प्रयोग गर्नेको संख्या १०.२ प्रतिशत रहेकोमा सन् २०१८ मा १८ प्रतिशत पुगेको थियो । चीनको कच्च तेलको उत्पादनमा सन् २०१७ को तुलनामा २.१८ मा १.१ प्रतिशतले कमी आएको थियो । सन् २०१८ मा भारतले मुद्रा संकट सामना गरिरहेकोले सन् २०१९ मार्च अघि इरानी तेल आयातमा रोक्न नसक्ने बताएको छ ।

तेलको मूल्यमा देखिएको वृद्धिसंगै गरिब देशहरुले भने आफ्नो तेल खपतमा बेलाबेलामा नै कटौती गर्दै आएका छन् । कच्चा तेलको मूल्य सन् २०१८ को मे महिनातिर निरन्तर वृद्धिदर भएको थियो । अमेरिकाको तेल सञ्चयमा देखिएको भारी गिरावटको कारण तेलको मूल्यमा उल्लेख्य वृद्धि हुँदै आएको छ । अमेरिकाको उत्पादनमा केही कमजोर रहेको कारण पनि तेलको मूल्यमा वृद्धि हुने गरेको देखिएको छ । विगतमा भेनेजुयलामा देखिएको संकट तथा इरानमाथिको प्रतिबन्धजस्ता कारण पनि तेलको मूल्यमा वृद्धि देखिदै आएको थियो । अमेरिकाले इरानलाई प्रतिबन्ध लागाएको कारण पनि तेलको मूल्य बढेको थियो । सन् २०१८ को अन्ततिर कच्चा तेलको मूल्य ८० डलर प्रति ब्यारेल पुगेको थियो ।

तेल बजारमा अगुवा मानिने सउदी अरब र रुसले इरानमाथि अमेरिकी आर्थिक नाकाबन्दीका कारण सन् २०१९ मा तेलको मागमा वृद्धि आउने अनुमानले सन्तुलन गर्न र बजारलाई स्थिर गर्न भेलाले नयाँ निर्णय गर्न पर्ने भनिएको थियो । साउदी अरबले विश्व बजारमा आफ्नो तेल आपूर्तिमा कटौती गर्ने योजना गरेलगतै नोभेम्बर १२, २०१८ मा कच्चा तेलको मूल्य १.५ प्रतिशतले बढेको थियो । बाह्य बजारमा कच्चा तेलको भाउ सन् २०१९ को शुरुमा बढेको देखिन्छ । मार्च १, २०१९ मा अमेरिका र चीनको व्यापार विवाद समाधान गर्न ती देशबीच अर्को चरणको वार्ता गर्ने तय भएपछि तेलको भाउ बढेको देखिन्छ । विश्व बजारमा पछिल्ला समय सबैभन्दा समस्यामा रहेको क्षेत्र तेल उद्योग नै हो ।
(लेखक व्यापार तथा निकासी प्रवद्र्धनका पूर्व नायब कार्यकारी निर्देशक हुनुहुन्छ ।)