बालुवा बोकेर पढाई खर्च !

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानको बनगाड कुपण्डिे नगरपालिका भित्रका अधिकाँश बालबालिकाहरु बालुवा बोकेर पढाइ खर्च जुटाउने गरेका छन । आर्थिक अवस्था कमजोर भएको भन्दै कापी कलमको जोहो गर्न बालुवा बोक्ने गरेको उनिहरुको भनाइ छ ।

नवज्योति आधारभुत विद्यालय ज्यामिरे अधेरी र महादेव आधारभुत विद्यालय ज्यामिरेमा अध्ययनरत दर्जन बढि बालबालिकाहरु विद्यालय समय बाहेक कुपिण्डेतालको बगरमा बालुवा चाल्दै आई रहेका हुन ।

बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ अन्धेरी निवासी ११ वर्षीया विमला बुढाले एक हप्ता अघि देखी बालुवा बोक्न थालेको बताउँछिन् । नवज्योत प्रावि अन्धेरीमा कक्षा ५मा अध्ययन गर्दै आएकी उनले विद्यालय विदाको समयमा बालुवा बोकेर बिताउने गरेको बताउँछिन् । हामीले विदाको समयमा कुपिण्डेदह आएर बालुवा बोक्ने गछौं,उनले भनिन् हामी धेरै साथीहरु संगै बालुवा संकलन गर्छौ र संगै बोक्छौं । बालुवा बोकेको पैसाले बाट कापी किताब र तेल नुन किन्छम उनले थपिन् । आर्थिक अवस्था कमजोर भएकै कारण उनिहरु घर परिवारलाइ सघाउन बालुवा बोक्ने गरेको बताउँछन् ।

यस्तै सोही ठाउँका चन्द्र पुन मगरले विगत ३ वर्षदेखी कुपिण्डे दहको फाँटबाट बालुवा बोक्न थालेको बताउँछन् । विद्यालयमा पाइलानै नटेकेको दुखेसो पोख्दै उनले भने बुवा सानै छंदा बित्नुभयो,आमाले काम गर्न नसक्ने अनि मैलेनै बालुवा बेचेर घरपविारको खर्च धान्दै आएको छु ।

बालुवा बेचेर दैनिक ५ सय जति आम्दानी हुने गरेको बताउँदै उनले त्यही खर्चबाट भाइ र बहिनिलाइ पढाइ रहेको र घरपरिवार चलाइ रहेको उनले जानकारी दिए । संकलन गरेको बालुवा गाउँमै विक्री हुने गरेको उनले बताएका छन् । हाम्रै गाउँमा घर बनाउने हरुका लागी हामी बालुवा संकलन गर्छौं ।

१४ वर्षीय नवज्योती माविमा कक्षा ७ मा संयोग बुढा मगरले घरमा बुवाआमाले पढाइ खर्चमा सहयोग हुन्छ भनेर बालुवा बोक्न थालेको बताएका छन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण साथीहरु संगै विदाको समयमा बालुवा बोक्ने गरेको र किताब कापी कलम किनेर स्कुल जाने गरेको बताए ।

बाबिया चौरमा गएर ३० रुपैयाँ पाथीमा बालुवा बेच्ने गरेको बताए । विद्यालयको पढाइ प्रभावित हुन नदिन विदाको दिनमा तालको किनारमा आएर बालुवा जम्मा गर्दै आइरहेको बताउदै उनले भनिन् ‘बालुवा विक्री गरेर आएको पैसाले विदालयकबाट पाइने निःशुल्क पाठ्यपुस्तक बाहेक अन्य सामान किन्न सहज भएको छ।’

बालुवा विक्री गरेको रकमबाट पढाई खर्च र खाजा खर्च गर्न सहज भएको भूम बहादुर कंवरको भनाई छ। पारिवारिक अवस्था कमजोर भएका कारण आफ्नो पढाई खर्च जुटाउन आँफै लागि परेको उनको भनाई छ। उनले भने ‘भर्खर परीक्षा सकियो अव विद्यालय नखुल्दासम्म दिन दिनै ताल किनारमा बालुवा चाल्नु पर्नेछ।’ बढ्दो शहरीकरणका कारण ग्रामिण क्षेत्रमा समेत पक्की घर बनाउने होडबाजी चल्दा बालुवाको माग बढ्दै गइरहेको छ।

यहाँका अधिकाँश बालबालिकाले बालुवा बोकेरै पढाइ खर्च जुटाउने गरेको स्थानीय हस्त बहादुर यरीले बताए । विद्यालय समय बाहेक बजार क्षेत्रमा कसैलाइ बालुवाको आवश्यकता पर्यो भने बालबालिकाले बोक्ने गरेको उनले बताए ।

यहाँका स्थानीयको आयस्रोत खासै केहीपनि हुंदैन नुन तेलको सम्म जोहो गर्न नसक्ने परिवारका बालबालिका हरु बालुवा बोक्न जाँदा अरु साथीहरु पनि त्यसै लहलहैमा बालुवा बोक्ने गरेको उनले जानकारी दिए ।