चन्द्रपालको पाको उमेरमा जोस


लन्डन, (एजेन्सी)
वेस्टइन्डिजका पूर्वखेलाडी शिवनारायण चन्द्रपालले ४४ वर्षको उमेरमा पनि जवानीको जोस देखाएका छन्। उनले यो उमेरमा पनि टी–२० क्रिकेटमा एउटा कीर्तिमान आफ्नो नाममा लेखाए। एडम सेनफोर्ड क्रिकेट फोर लाइफ क्रिकेट टुर्नामेन्टअन्तर्गत उनले यस्तो कीर्तिमान राखेका थिए। म्याड डगको टोलीबाट खेलेका चन्द्रपालले लुंबर बल पार्कमा दोहोरो शतक प्रहार गरे। उनले २५ चौका र १३ छक्काको सहयोगमा २ सय १० रन बनाएका थिए। उनको टोलीले ३ सय ३ रनको योगफल तयार पारेको थियो। यो टी–२० फरम्याटमा सबैभन्दा उच्चतम योगफलसमेत हो।