मिन र केएलको जोडीलाई उपाधि


ललितपुर, (नेस)
मिनकुमारी राई र केएल सिंह सुनुवारको जोडीले मानभवन ब्याडमिन्टन क्लब अन्तर सदस्यीय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत मिक्स डबल्सको उपाधि जितेको छ। मानभवन नरपार्कस्थित ब्याडमिन्टन कोर्टमा शुक्रबार मिनकुमारी र केएल सिंहले तारा राई र अमर सिंहलाई २१–१८, २१–१४ र २१–१६ को सेटमा हराए। पुरुष डबल्समा सुजन राई र राकेश भट्टराई फाइनलमा पुगे। सुजन र राकेशले कालिदास राई र अम्बर राईको जोडीलाई २१–१७ र २१–१२ को सेटमा पराजित गरे।