आमाको माया

0
Shares

मन पनि अचम्मकै हुन्छ भन्या मान्छेको। आफ्नाका लागि जनावरले त शत्रुसँग लडाइँ गरेर जोगाएको देखिन्छ तर मान्छे भने पशुभन्दा पनि तल झरेर व्यवहार गर्ने गरेको देखेर धरहरालाई दया लागेर आएको छ भन्या।

९–१० महिना आफ्नै पेटमा राखेर जन्माएको बच्चालाई सडकमा छोडेर हिँड्न सक्ने आमाको मन देखेर धरहरा तीनछक परेको छ। मोजमस्ती गर्ने बच्चा पनि जन्माउने अनि घाँडो भयो भनेर बाटोमा छोडेर हिँड्ने त्यस्ती आमालाई केको संज्ञा दिने खै धरहराले ठम्याउन सकेको छैन। त्यस्ता अपराधीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने हो तर त्यस्ता कारबाहीको दायरमा आउँदैनन् आए पनि कुन्नी के–के गरे उम्कन सफल हुन्छन्।

आफूले पाल्न नसक्नेले किन जन्माउनू? जन्माएर सन्तानलाई माया दिन नसक्ने आमाहरूलाई दोबाटोमा राखेर ढुंगाले हिर्काउनुको विकल्प छैन है।