विद्या सागर ‘ब्याग लेस स्कुल’


मोतीराम तिमल्सिना, काभ्रे ।

२५ वर्षसम्म निरन्तर गुणस्तरीय शिक्षा प्रदान गरेको बनेपाको विद्या सागर स्कुलले आगामी शैक्षिक देखि कक्षा ७ सम्मका विद्यार्थीहरुका लागि ब्याग लेस स्कुल कार्यक्रम शुरु गर्ने भएको छ ।

जिल्लामा प्रविधिको उच्चतम प्रयोग गर्दै बालबालिकाहरुलाई ब्यवहारिक शिक्षा प्रदान गर्दै आएको विद्या सागर स्कुलले जिल्लामै पहिलो पटक नयाँ कार्यक्रम शुरु गरेको हो । विद्यालयका संस्थापक प्रिन्सिपल हिरा शर्मा नेपालका अनुसार ब्या लेस स्कुलको अवधारणाले विद्यार्थीहरुलाई आवश्यक सबै गतिविधिहरु स्कुल भित्रै शिक्षकको प्रत्यक्ष निगरानीमा गराई किताब कापी स्कूलमै छाडेर जाने र घर जाँदा साँझ कुनै कथा किताब वा परियोजना कार्यको पाना बोकेर जाने व्यवस्था हो ।

बिहान ७ः४५ बजे स्कुल सुरु गर्ने र साँझ ५ः१५ बजे अन्त्य गर्ने गरि उक्त कार्यक्रम शुरु गरिएको शर्माले बताए । ‘कक्षा कोठामा पढाएर मात्रै पुग्दैन, लाईफ स्किल, श्रृजनशीलता, एकाग्रता, संयमता, शान्ति प्रतिको आस्था पारिवारिक मूल्य मान्यता सबैलाई समेटेर एउटा पूर्ण स्कुलको अवधारणा ल्याएका छौँ’–संस्थापक प्रिन्सिपल शर्माले भने–‘आजको समयमा साँझ अभिभावक र छोरा छोरी बिच गृहकार्य तथा स्कुलका अन्य क्रियाकलापले द्वन्द हुने अवस्थामा नयाँ सोचले द्वन्द हटाई आत्मीयता बढाउने तर्फ राम्रो कार्य गर्नेछ ।’

‘दिनभरि आफ्नो कार्यबाट थकित आमा–बाबा र छोरा छोरीबिच पढाइ र गृहकार्यले तनाव श्रृजना गरिरहेको छ’–उनले भने–‘त्यसलाई हाम्रो प्रयासले केही हदसम्म साम्य पार्नेछ । स्कुलले अभिभावकको चाहना अनुसार खाना÷खाजा खुवाउने व्यवस्था वा अभिभावकले स्वयम् खाना÷खाजाको व्यवस्था गर्ने खुल्ला विकल्पहरु ल्याएको छ, स्कुलले सहुलियत मूल्यमा पूर्णतय साकाहारी भोजनको व्यवस्था गर्नेछ ।’ उक्त ब्यवस्थाले अभिभावकले अतिरिक्त कक्षा, जकं फुड लगायतका कुराहरुमा गरिरहेको खर्चले नै स्कुलको शुल्क पुग्ने उनले बताए । ९ घण्टाको स्कुल समयमा प्रत्येक बालबालिकाले गीत÷संगीत÷नृत्य खेलकुद÷योग कक्षा÷नेतृत्व व्यक्तित्व विकासका कार्यक्रमहरु तथा हाल संचालित ईसिएमा समय बिताउने छन् ।

व्रिटिस काउन्सिलको अन्र्तराष्ट्रिय स्क्ुल अवार्ड २०१७–२०२० बाट सम्मानित उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थी तथा शिक्षक–शिक्षिका अन्तराष्ट्रिय सहकार्यमा सामेल भएका छन् । फरक खालका अतिरिक्त कृयाकलापहरुका अलावा विद्यालयको गुणस्तर सुधारका लागि शिक्षक प्रशिक्षण तथा थप कार्यहरु गरिरहेको छ । प्रविधिलाई उच्चतम प्रयोग गरी विद्यार्थीहरुलाई पढाई तथा जीवनोपयोगी शिक्षा प्रदान गर्ने अभियानमा रहेको विद्या सागरले ‘पिस स्कुल’ कार्यक्रम शुरु गरेको छ । २५ वर्षको अवधीमा विद्यालयबाट १८ औँ व्याचले २०७५ को कक्षा १० को एसईई परीक्षामा सामेल भएको छ । १ हजार २ सय ९४ जना एसएलसी÷एसईई उत्तिर्ण भएका छन् भने १ सय उन्नाइस ११९ जना २०७५ को परीक्षामा सामेल भएका छन् । १ हजार २ सय चौरानब्बे (१२९४) जना विद्यार्थीहरुमध्ये सबैभन्दा बढी विद्यार्थी नर्सिङ्ग पेशामा संलग्न छन् । १५ जना विद्यार्थी एमविविएस÷विडिएस लगायत मेडिकल क्षेत्रमा छन भने ६ जना विद्यार्थी एमफिल÷पिएचडी गरिरहेका छन् ।

२५ वर्ष अगाडि स्थापित विद्या सागर स्कुलले शिक्षामा देखा पर्ने नयाँ प्रविधि भित्र्याउने र प्रयोग गर्ने जिल्लाकै एउटा अग्रणी विद्यालय भएको प्रिन्सिपल हिरा शर्माले बताए । २०६३ सालदेखि निरन्तर स्कुल म्यानेजमेन्ट सफ्टवेयर प्रयोग गरेको उक्त स्कुलले युग सापेक्ष प्रविधियुक्त शिक्षामा ध्यान दिदै आएको शर्माले बताए ।